शेर्पा परिकार, संस्कृति र ‘भिटेन’ एकै ठाउँमा

लाक्पा जी शेर्पा

२०७६ पौष १२, शनिबार


काठमाडौं (शेर्पाखबर) । बार्षिक रुपमा आयोजना हुँदै आएको ‘शेर्पा फुड फेस्टिभल’ माघ  ३ र ४ गते अर्थात जनवरी १७ र १८ मा आयोजना हुने भएको छ । म्याक्स इभेन्ट अर्गनाइजरको आयोजनामा हुने कार्यक्रममा शेर्पा खानाका परिकार, सांस्कृतिक प्रस्तुत र सांगीतिक प्रस्तुती रहनेछ ।
चुच्चेपाटीको ह्यात मैदानमा हुने कार्यक्रममा यसपटक चर्चित र्यापर ‘भिटेन’ को प्रस्तुत रहने आयोजक संस्थाका प्रमुख डिजे ङावाङ शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । साथमा भ्वाईसअफ नेपालका प्रतिस्पर्धी याङ्की ह्योल्मो र चर्चित गायक गम्बु शेर्पाको विशेष प्रस्तुती रहने छन् । कार्यक्रमका आकर्षणका रुपमा गायकहरु मिङ लामा, छेवाङ लामा, दावा के शेर्पा, गोम्पो शेर्पा, ल्हमु शेर्पा, दावादिन शेर्पा, साङ्गे शेर्पा, कुसाङ शेर्पा स्टेजमा देखिने छन् । त्यस्तै, डिजे ङावाङ स्वयम् र डिजे सोनामले कार्यक्रममा डिजेइङ गर्ने छन् । 
शेर्पा परिकारका लागि ‘स्टलहरु बुकिङ’ खुल्ला गरिएको समेत आयोजकले जानकारी दिए । कार्यक्रमले शेर्पा संस्कृतिका बारेमा बुझ्न, भिजिट नेपाल २०२० लाई सफल पार्न सघाउन पुग्ने आयोजकले जनाएको छ । कार्यक्रमलाई शेर्पाखबरडटकमले सञ्चार साझेदारको रुपमा भूमिका खेल्ने छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho