नेपाल शेर्पा संघको छैठौं महाधिवेशन आजबाट

लाक्पा जी शेर्पा

२०७६ पौष ४, शुक्रबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघको छैठौं महाधिवेशन आजबाट राजधानीमा शुरु हुँदैछ । शेर्पा सेवा केन्द्र (शेर्पा गुम्बा) मा उपराष्ट्रपति नन्दबहादुर पुनमगरले महाधिवेशनको उद्घाटन गर्नेतय भएको छ ।
महाधिवेशनका लागि देशभरबाट ८ सय भन्दा बढी प्रतिनिधी र पर्यवेक्षकहरु सहभागि रहने उपाध्यक्ष आङ लमी शेर्पाले जानकारी दिइन् । उद्घाटन सत्रमा विभिन्न जातीय संगठनका प्रमुख, राजनैतिक दलका नेता, शेर्पा समुदायका अग्रजहरुको उपस्थिती रहने छ । बहुचर्चित, बहुप्रतिक्षित महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले विशेष अर्थमा हेरिएको छ । महाधिवेशनबाट संघको नयाँ नेतृत्वका लागि आकांक्षीहरु समेत थपिँदै गएको छ । 
यसैवीच, रिपोटर्स क्लवमा एक पत्रकार सम्मेलन आयोजना गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट वर्तमान महासचिव ङावाङ सोनाम शेर्पाले औपचारिक रुपमा संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेको छ । पत्रकार सम्मेलनमा पूर्व महासचिव ङिमा तुण्डुप शेर्पा, वर्तमान उपाध्यक्ष याङजी शेर्पा लगायत नेताहरुको उपस्थित थिए । उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यसी शेर्पाले शेर्पा समुदायलाई राज्यको मूलधारमा पुर्याउँदै, अन्तर्राष्ट्रिय सन्धी अभिसन्धीको कार्यान्वयनमा राज्यलाई दबाब दिन आफ्नो नेतृत्व जरुरी रहेको दाबी गरे । 
यसअघि संघका अध्यक्षका लागि उपाध्यक्ष गेल्जे लामा शेर्पाले लोकतान्त्रिक शेर्पा संघको व्यानरमा उम्मेदवारी घोषणा गरेपनि उसले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै आएका छन् । यता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका लाक्पा शेर्पाले पहिचान र परिवर्तनशील पक्षधर समूहबाट उम्मेदवारी घोषणा गर्दै छलफल तिब्र बनाएको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho