मिस्टर एण्ड मिस टिन शेर्पा–२ को अडिसन सकियो

मिङमार सार्की शेर्पा

२०७६ मंसिर ३०, सोमबार


मिङमार सार्की शेर्पा
काठमाडौं (शेर्पाखबर) । मिस्टर एण्ड मिस टिन शेर्पा सिजन – २  को अडिसन शनिबार सम्पन्न भएको छ । अडिसनमा ३५ जना भन्दा बढीले सहभागिता जनाए ।
गौतम बुद्ध फिल्मस्को आयोजनामा हुने सौन्दर्य प्रतियोगितामा काठमाडौंसहित सिन्धुपाल्चोक , सोलुखुम्बु, संखुवासभा, भोजपुर, ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट भाग लिएको आयोजक संस्थाका प्रमुख कार्यकारी निर्देशक  छिरिङ डोमा शेर्पाले जानकारी दिइन् । 
१९ बर्ष मुनिका शेर्पा युवाहरुलाई प्रतियोगितामा सहभागि गराउन प्रारम्भिक छनौट चरणमा मिस टिन वाल्र्ड २०१२ विजेता सुप्रिया मास्के, मिस टिन शेर्पा २०१९ मिङमा ल्हमु शेर्पा, फेशोनओग्राफर अस्विनी झा, मेकअप आर्टिस्ट दिकी शेर्पाले निर्णयकको भूमिका निर्वाह गरे ।
बौद्ध महाकालको टोकी होटलमा भएको अडिसनपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै सिइयो शेर्पाले भनिन् – शेर्पा जातिको भाषा र संस्कृतिलाई बचाउने माध्यमको रुपमा कार्यक्रम आयोजना गर्दै आएका छौं । शेर्पा समुदाममा लुकेर रहेका नयाँ–नयाँ प्रतिभाहरुलाई बाहिर ल्याइ अवसर प्रदान गर्ने थलोको रुपमा विकास गर्न कार्यक्रम आयोजना गरेको हो ।’ प्रतियोगिताको ग्राण्ड फिनाली माघ १ गते प्रज्ञा प्रतिष्ठान भवन कमलादीमा हुनेछ ।
युवाहरुमा आत्म विश्वास जागृत गराउँदै प्रतिस्पर्धात्मक समाजसँग अन्तरघुलन हुने माध्यमको रुपमा प्रतियोगिता सफल रहेको सिजन १ मा सहभागिहरुले जनाएका छन् ।
 

प्रतियोगिताका लागि पौष ५ गतेसम्म आवेदन दिन सकिने र पुनः दोस्रो चरणको अडिसन हुने जनाएको छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho