डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी

शेर्पाखबर

२०७६ मंसिर २२, आईतबार


काठमाडौँ । नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको हो । 


गत वैशाखमा प्रहरी प्रधान कार्यालयले डीएसपी ढुंगेललाई पदबाट निलम्बन गरेको थियो ।


गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए ।

हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक-पटक सम्पर्क देखिएको प्रहरीको भनाइ छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho