आम सञ्चार, पत्रकारिता र यसको विकास

लाक्पा जी शेर्पा

२०७६ कार्तिक १७, आईतबार


लाक्पा जी शेर्पा
सञ्चार  ल्याटिन भाषाको कम्युनट् शब्दबाट आएको हो, जसको अर्थ सन्देश, संवाहक, ग्रहण, र खबरको माध्यमद्धारा गरिने सूचना संप्रेशन हो । सामान्य अर्थमा सञ्चार भनेको जुनसुकै माध्यमद्धारा आफ्नो ‘भाव वा सन्देश’लाई अर्को ठाउँमा पुर्याउनु वा अर्काको आफू छेउ ल्याउनु भन्ने बुझिन्छ । तसर्थ एक ठाउँको कुरालाई अर्को ठाउँमा पुर्याउनु नै सञ्चार हो । सञ्चार सूचनाको संप्रेशन हो । दुई वा सो भन्दा बढी व्यक्तिहरुवीच विचार, तथ्य र अनुभूतिको आदनप्रदान नै सञ्चार हो । १ (दाहाल कासिराज, आमसञ्चार र कानून)
लोकतन्त्रमा स्वच्छ जनमत निर्माणका लागि स्वतन्त्र प्रेसको आवश्यक पर्छ । लोकतन्त्रको सफलताको लागि सार्वजनिक आलोचनाको आवश्यकता हुन्छ । त्यो आवश्यकता प्रेस तथा अन्य सञ्चारमाध्यमबाट मात्रै पूरा हुन सक्छ । जनतालाई आफ्नो अधिकार र कर्तव्यको बोध गराउने तथा शासकलाई उचित मार्गमा चल्न लगाउने सचेतकको कार्य पत्रकारिताको माध्यमबाट नै हुने भएकाले प्रेसलाई जनताको सचेतक, समाजको अग्रदूत र राज्यको चौथो अंगको रुपमा हेरिन्छ । संविधानले राज्यको शक्तिहरु विधायिका, कार्यपालिका र न्यायपालिकामा निहित गरेको हुन्छ । यिनीहरुहरुमा सन्तुलन र नियन्त्रणको प्रभावकारीता कायम हुन नसकेको अवस्थामा आ–आफ्नो अधिकारलाई सन्तुलन र नियन्त्रण गर्ने दिशामा प्रभावकारी भूमिका खेल्नका लागि खुला समाजको एउटा महत्वपूर्ण माध्यमको रुपमा प्रेसलाई लिइन्छ । २ (रोसलिन्दा पिनदो)
पत्रकारिता आमसञ्चारका माध्यमद्धरा प्रस्तुती गर्न गरिने समसामयिक घटना र अभिरुचिका सामग्रीहरुको संकलन र सम्पादनको कार्य हो । विभिन्न सञ्चारका माध्यमद्धारा तयार गरिने ‘सूचना वा सञ्चार’ जो कुनै घटनाको शब्द, आवाज वा तस्वीर पत्रकारिता हो । अर्थात, कुनै पनि घटनाहरुलाई शब्द, आवाज र तस्वीरद्धारा जनसमक्ष पुर्याउने कार्य पत्रकारिता हो । कुनै घटनाका समाचार तथा विचारहरु जनसमक्ष सम्प्रेषित गर्ने पेशा पत्रकारिता हो । पत्रकारिताको पेशाभित्र मूलतः लेखन, सम्पादन, प्रकाशन वा प्रसारण जस्ता कार्य पर्दछन् । 
समाज, देश र विश्वकै असल, खबर, दया–घृणा जगाउने प्रभावकारी र रोचक समाचार, लेख, चित्र आदि पत्रपत्रिकाका, रेडियो वा टेलिभिजन, इन्टरनेट अनलाईन जस्ता माध्यमद्धारा प्रकाशमा ल्याउने क्रियाकलाप पत्रकारितासँग सम्वन्धित हुन्छ । 
आठौं शताब्दीमा जापानीहरुले काठमा बुट्टा बनाएर मसि लगाई कागजमा छाप्ने कामको शुरुवात गरेका थिए । नबौं शताब्दीमा ‘वाङ ची’ नामक चिनियाँ व्यक्तिले आफ्नो पिताको स्मरणमा पुस्तक मुद्रण गर्ने काम गरेका थिए । तर, चौधौं शताब्दीमा मात्र आएर युरोपमा आमसञ्चारका साधनहरुको विकास हुन पुगेको मानिएको छ । टाइपका आविष्कारक ‘जोहन गुटेवर्ग’ले जर्मनीमा प्रेस स्थापना गरी ३ सय प्रतिभन्दा बढी वाइवल छपाएर पेरिस पठाएको भन्ने उल्लेख भेटिन्छ । ३ आमसञ्चार र कानून
नेपालमा पत्रकारिताको विकास
नेपाली भाषामा प्रकाशित पहिलो पत्रिकाको रुपमा वि.सं. १९४३ मा मोतिराम भट्टले काशीमा छपाएका ‘गोरखा भारत जीवन मासिक’लाई लिइन्छ । त्यस्तै, नेपाली पत्रिकाको रुपमा १९५५ श्रावणदेखि प्रकाशित ‘सुधा सागर’लाई लिइन्छ । त्यसपछि १९५८ वैशाख २४ गतेदेखि गोरखापत्र प्रकाशन शुरुवात भयो । यसरी नेपालमा पत्रपत्रिका दर्ताको व्यवस्था वि.सं. १९९४ सालदेखि भएको हो । त्यस्तै, नेपालको अन्तरिम संविधान २०६३ मा नागरिकलाई प्रत्याभूत गरिएको मौलिक हकअन्तर्गत ‘प्रकासन, प्रसारण तथा छापाखानासम्वन्धि हक’को व्यवस्था गरिएको छ । 
छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन, २०४८ र नियमावली, २०४९ ले पनि नेपाली पत्रकारिताको आयमिक विकासमा योगदान पुर्याएको देखिन्छ । यस सन्दर्भमा, पन्ध्रौं शताब्दीतिरै तयार भएको छापाखाना वि.सं. १९०८ मा जंगबहादुर राणाले बेलायतबाट फर्किँदा नेपाल भित्र्याएका थिए । ‘गिद्धे प्रेस’को नामले परिचित प्रेसलाई जंगबहादुरको निवास थापाथलीमा राखिएको थियो भने वि.सं. १९५८ सम्म हुलाकपत्र, लिफा, टिकट, सरकारी कागजपत्र आदि छाप्ने काम गरेको थियो । रेडियो प्रसारणको इतिहासलाई हेर्ने हो भने जुद्ध शम्सेरको पालामा मात्र रेडियो सेट झिकाइएको देखिन्छ । तत्कालिन प्रधानमन्त्री पद्म शम्सेरको शासनकालमा २००४ सालदेखि सर्वसाधारण नेपालीलाई रेडियो ल्याई राख्न पाउने स्वतन्त्रता प्राप्त भयो । पहिलो पटक २००७ मा ‘नेपाल प्रजातन्त्र रेडियो’को विराटनगरबाट प्रसारण शुरु भएको र पछि २००७ साल चैत्र २० गतेबाट ‘रेडियो नेपाल’को नामबाट प्रसारण शुरुवात गरेको हो । अहिले नेपालमा ५०० भन्दा बढी एफ.एम. रेडियोहरु प्रसारणमा छन् । त्यस्तै, २०४१ मा परियोजना तयार गरी २०४२ साउन २९ गतेदेखि नेपाल टेलिभिजन सञ्चालनमा आएको छ । चलचित्रलाई हेर्ने हो भने वि.सं. २००६ सालमा नयाँ सडकस्थित जनसेवा हलमा जनताका निम्ती टिकट लगाई चलचित्र देखाउने कार्य शुरु भयो । २००८ मा बनेको पहिलो नेपाली भाषाको चलचित्र ‘सत्य हरिशचन्द्र’ हो ।  नेपालीकै लगानीमा वि.सं. २०२१ मा बनेको चलचित्र भने ‘आमा’ हो । ४ (नेपाल परिचय, सूचना विभाग)
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho