खुम्बुपासाङल्हमु गापामा ‘जुवादेखि सट्टाबाजीसम्म प्रतिवन्ध !’

लाक्पा जी शेर्पा

२०७६ कार्तिक ८, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । विभिन्न रचनात्मक निर्णय र कामहरुले चर्चामा आइरहने खुम्बु पासाङल्हमु गाउँपालिका सोलुखुम्बुले अर्को महत्वपूर्ण निर्णय गरेको छ । गाउँपालिकाभित्र जुवातासदेखि सट्टाबाजी खेल्न नपाउने गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो । 
तिहार नजिकिँदै गर्दा निर्णय सार्वजनिक गरिएपनि यो तिहारलाई मात्रै लक्षित भने हैन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश घिमिरेले हस्ताक्षर गरी जारी सूचनामा प्रतिबन्धित कार्य गर्नेलाई सजाय र कैद समेत तोकिएको छ । 
‘गाउँपालिका भित्र जुवा, तास खेल्न र सट्टाबाजी खेलाउन नपाइने न्यायीक समितिले निर्णय गरेको छ । कसैले निर्णय विपरित गरेमा कानून बमोजिम कार्वाहीको भागिदार हुनुपर्ने हु्न्छ ।’ सूचनामा उल्लेख छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ले पनि जुवातास खेल्न, खेलाउन नपाइने व्यवस्था गरेको छ । त्यसैलाई आधारमानेर गाउँपालिकाले पनि निर्णय गरेको अधिकारीहरु बताउँछन् । सार्वजनिक सूचनाको व्यहोरा यस्तो छ । 
१. पहिलो पटक तास, जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैँयासम्म जरिवाना ।
२. दोस्रो पटकदेखि तास, जुवा खेल्ने वा खेलाउनेलाई एक बर्षसम्म कैद र् पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना । 
३. जुवा, तास खेल्न प्रयोग भएको साधन र जुवा तासबाट प्राप्त सम्पूर्ण चलअचल सम्पति जफल हुनेछ । 
४. सट्टाबाजी गरे गराइएको पाइएमा विगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । 
गाउँपालिकाले यस्तो निर्णय गरेपनि यो कार्यान्वयन उसैले गर्छ की अदालत गुहार्छ यो भने खुलाइएको छैन । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho