गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य हुन अझै तीन महिना लाग्ने

२०७६ कार्तिक ६, बुधबार


निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न गर्नका लागि आवश्यक पर्ने महत्वपूर्ण उपकरण नेपाल आउन समय लाग्ने भएपछि विमानस्थल उडान योग्य हुन समय लाग्ने भएको छ । भौतिक पूर्वाधारका कार्य  अन्तिम चरणमा पुगेपनि महत्वपूर्ण अपकरण आयातमा समय लाग्ने भएकाले विमानस्थल सञ्चालनमा समय लाग्ने देखिएको हो ।
भौतिक पूर्वाधार निर्माण कार्य ८३ प्रतिशत सम्पन्न भइसकेको विमानस्थलका लागि विद्युतीय एवं सूचनासँग सम्बन्धित उपकरणहरु ल्याइँदैछ । त्यसका लागि केही समय लाग्ने देखिएको छ । विमानस्थल निर्माण सम्पन्न गर्ने मिति अगामी पुस १६ गतेलाई तोकिएको छ ।
अमेरिका, युरोप, चीनलगातका देशबाट झिकाउन लागिएका उपकरणहरु केही खरिद प्रक्रियामा छन् भने केही बाटोमै छन् । खरिद भएका उपकरणहरु भारतको कोलकता बन्दरगाह हुँदै सडक मार्गमार्फ नेपाल आउँदैछन् । केही सामग्री हवाई मार्गमार्फत पनि ल्याइँदै गरेको विमानस्थल आयोजना कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार विमानस्थलका लागि चाहिने ८० प्रतिशत सामग्री नेपाल आउँदै गरेका छन् । ती सामग्री नेपाल ल्याएर जडान नगरेसम्म धावनमार्ग, भवन, टावरजस्ता भौतिक पूर्वाधार निर्माण सम्पन्न भएको मनिँदैन । सामग्री आएर जडान भएपछिमात्र उडानका लागि विमानस्थल तयारी हुन्छ । 
खरिद भएका सामग्री नेपाल ल्याउन ३० देखि ४५ दिनसम्म लाग्छ । नेपालका लागि तयारी भएका सामग्रीहरुमा टावरका सामग्री, ब्यागेज कलेक्सनका सामग्री, यूपीएस, प्लाइट इन्फरमेसन बोर्ड, कम्युनिकेशसन नेभिगेसनका सामग्रीलगायत रहेका छन् । 
ती समान जडान हुनका लागि डेढ महिनाको समय आवश्यक पर्ने देखिएको छ । त्यसले गर्दा सम्पूर्ण काम सकेर विमानस्थललाई उडान योग्य बनाउनका लागि अझै तीन महिना लाग्ने अनुमान गरिएको छ । केही समय कार्यस्थलका लागि रकम प्रवाह गर्न ढिलाई हुँदा त्यसको असर परेको थियो । अहिले तीब्र गतिमा काम अगाडि बढीरहेको आयोजना कार्यालयले जनाएको छ ।  
विमानस्थल आयोजनाको तेस्रोपटक म्याद थप गरिएको थियो । पहिलो चरणको ठेक्काअन्तर्गत भौतिक संरचना निर्माणका लागि ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले ठेक्का लिएको थियो । मधेस आन्दोलन, नाकाबन्दी, भूकम्प, मुख्य ठेकेदार र सहठेकेदारबीचको कलहका कारण तीन वर्षसम्म आयोजनाको काम सही तवरले बढ्न सकेको थिएन । २०७४ मा चिनियाँ मुख्य ठेकेदार कम्पनीले व्यवस्थापनको जिम्मेवारीमा परिवर्तन गरी अर्कोलाई खटाएपछि आयोजनाले गति लिँदै आएको छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho