मिस मंगोल छात्रवृत्तिका लागि कोरियामा कार्यक्रम

आङ फूर्वा शेर्पा

२०७६ कार्तिक १, शुक्रबार


कोरिया, सोल (शेर्पाखबर) । मिस मंगोल छात्रवृत्ति कोषको सहयोगार्थ यहाँ एक सांगीतिक साँझ कार्यक्रम आयोजना हुने भएको छ । अक्टोवर २६ मा सुवान र नोभेम्बर २ को दक्षिण कोरियाको बुशनमा कार्यक्रम हुन लागेको हो । 
सोलुखुम्बु शेर्पा समाज दक्षिण कोरियाको आयोजनामा हुने कार्यक्रममा मिस मंगोल २०१८ जाङमु इनन शेर्पा र नेपाल आइडलका प्रतिस्पर्धी प्रमिला राई प्रस्तुती रहने अध्यक्ष वाङदी शेर्पाले जानकारी दिए । वुशनमा आयोजना हुने कार्यक्रम भने नेपालीहरुको संस्था न्यू भिजनले आयोजना गर्ने छन् । कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ भने कोरियामै वसोवास गरिरहेको एपि तेन्जीङ शेर्पाले डिजेइङ रहने छ । सोही अवसरमा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले संकलन गरेको रकम समेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
५० लाखको मिस मंगोल छात्रवृत्ति कोषका लागि सहयोग संकलन गरी लक्ष्य पूरा गर्न अभियानमा रहेकी जाङमु इनन शेर्पाले कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिती रहनेछ । कार्यक्रममा सहभागि हुनेले प्रवेशका लागि टिकेट खरिद गर्नुपर्ने प्रबधान छ । 
यस अघि कोषमा सहयोग जुटाउनका लागि वेल्जीयम, पर्चुगल लगायतका यूरोपेली मुलुकमा कार्यक्रमहरु आयोजना भएका थिए । ५० लाखको मिस मंगोल छात्रवृत्ति कोषको नक्सालमा एक कार्यक्रम आयोजना गरी औपचारिक शुरुवात गरिएको थियो भने २०७६ वैशाखबाट गोरखामा २ जना चेपाङ र १ दलित छात्राहरुका लागि छात्रवृत्तिबाट अध्यायपन शुरु गरिएको शेर्पाले जानकारी दिए । 

छात्रबृत्तिबाट संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, ओखलढुंगा लगायतका जिल्लाका दुर्गम क्षेत्रको अध्यायन गर्ने शेर्पाखबरलाई जानकारी दिँदैन शेर्पाले अभियानबारे  भनिन् ‘आगामी दिनमा पूर्वी नेपालको दुर्गम क्षेत्रको असहाय, अनाथ बालबालिकाहरुको शिक्षामा समेत विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना छ ।’ यसका लागि सबै पक्षको सहयोगका लागि समेत शेर्पाले शेर्पाखबरडटकम मार्फत आह्वान गरिन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho