खुम्बुपासाङल्हमु गाउँपालिकालाई  ‘पहिला गाली अहिले ताली’ 

सोनाम याङ्जी शेर्पा

२०७६ कार्तिक १, शुक्रबार


सोलुखुम्बु (शेर्पाखबर) । दुई वर्षअघि खुम्बु–पासाङल्हमु गाउँपालिकाको निर्णयको विरोधमा अधिकांश पर्यटक र पथ प्रदर्शक (गाईड)हरु उत्रिए । तर, हिजोआज त्यही निर्णयको उनीहरुले तरिफ गर्न थालेका छन् ।
स्थानीय सरकार गठन लगतै स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले २ वर्ष टिम्स कार्ड नचाहिने भन्दै २०१७ अक्टोबर १ तरिखदेखि खुम्बु क्षेत्रमा २ हजारको दरले पर्यटन शुल्क उठाउन थाले । त्यस लगतै गाउँपालिकाले आफू खुशी पैंसा असुलेको भन्दै अधिकांश पर्यटन व्यवसायी र ‘गाईड’हरुले व्यापक विरोध जनाएका थिए । यसैमा कतिले भने समर्थन पनि गरेका थिए ।
गाउँपालिकाको प्रमुख योजनाको रुपमा सडक सञ्जाललाई लिएको पाईन्छ । सदरमुकाम सल्लेरी जोड्ने सडकले तीव्रता पाएको छ भने लुक्लादेखि आधार शिविर र विभिन्न हिमालतर्फ जाने बाटो निर्माण पनि तीव्र गतिमा भईरहेको छ । याममा आठदेखि नौ हजारको संख्यामा पर्यटक तथा पर्यटन पेशामा आवद्ध मानिस आवतजावत गर्ने बाटोको निर्माण देखेर पर्यटक ताथ पर्यटन पेशमा आबद्व अधिकांशले यतिवेले भने खुसी छन् । विशेष गरी गाउँपालिकाको वडा नं ३ जोरसल्लेदेखि नाम्चे पुग्ने (लार्चा दोभान) बाटोमा भएको व्यापक परिवर्तन भएको छ । 

खुम्बु–पासङल्हामु गाउँपालिकाले सडक सञ्जालमा गरेको विकास प्रति टे«किङ गाईड  दावा ग्याल्जेन शेर्पाले भने  ‘मैले यो पेशामा काम गरेको करीब २० वर्ष भन्दा वढी भयो । यो अन्तरालमा विभिन्न सरकार आए, जनआन्दोलन भए, खुम्बु क्षेत्रको गोरेटोका लागि विभिन्न सभा सम्मेलनमा मन्त्रीसम्मको भाषणा र आश्वासन सुनेँ । तर, खास केही परिवर्तन देखिएन, अहिले स्थानीय सरकारले करपनि लगायो र विकास पनि तिब्र गतिमै गरेको देख्दा खुसी छु ।’ त्यस्तै अर्का गाईड ल्हाक्पा शेर्पाले भने ‘गाउँपालिकाले पर्यटन शुल्क उठाउदा विरोध गर्नेहरु मध्य मपनि एक थिएँ । अहिले सम्झँदा पछुतो लाग्छ ।’ 
हुन त यस अघिपनि सडक विस्तारमा कार्य नभएको भने हैन । सगरमाथा राट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रले पर्यटक मार्फत संकलन गरेको ५० प्रतिशत खुम्बुको विकास कै लागि लगानी हुने गरेको थियो । तर, त्यसबेला बाटो निर्माण, वत्ती लगायत अन्य विभिन्न क्षेत्रमा लगानी गर्नु पर्ने भएकाले  विकासलाई चाहेको जस्तो भने हुन सकेन । खुम्बु क्षेत्रको विकाश नहुनुको तितो यर्थाथलाई  झेल्दै आएको स्थानीय पनि कहिले विकास होला भन्ने आशामा थिए । ‘अहिले स्थानीय सरकार, सगरमाथा राट्रिय निकुञ्ज लगायत विभिन्न संघसंस्थाहरु खुम्बुको विकास योजनालाई सहकार्य गर्दै अगाडि बढेको छ । यसले तत्काल नभए पनि विस्तारै सकरात्मक नतिजा ल्याउन सक्छ ।’ प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले भने । आर्थिक पक्षलाई सबल बनाउन गाउँपालिकाको प्रमुख स्रोत पर्यटन भएकााले खुम्बु आउने पर्यटकलाई सुविधा दिनु गाउँपालिकाको प्रमुख लक्ष्य रहेको प्रवक्ता शेर्पाले बताए । 

अक्टोबर याम शुरु भएसँगै खुम्बु क्षेत्रमा पर्यटकको चाप बढ्दै गई रहेको छ । नेपालको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान दिदै आईरहेको यस क्षेत्रमा हुनु पर्ने जति विकास भने हुन नसकेको स्थानीयहरुको गुनासो छ । अझै कतिपय ठाउँमा सञ्चार सुबिधा पुग्न सकेको छैन तर शिक्षा, स्वस्थ्य र सडक सञ्जालले भने विस्तारै फड्को मार्दै छ ।  
अर्कोतर्फ पर्यटन शुल्क संकलन हुन थाले पश्चात् पर्यटन मजदूर (भरिया) हरुलाई  न्यानो कपडा समेत उपलब्ध हुँदै आएको छ भने उनीहरुलाई बसोवास सहज बनाउने हेतुले विभिनन्न ठाउँमा ‘पोटर सेन्टर’ निर्माणको काम भई रहेका छन् । गाउँपालिकाले हालसम्म तीन पटक पथ प्रदर्शकहरुका लागि तालिम समेत सञ्चालन गरेको छ । 

तस्वीरहरुः कर्मा शेर्पा/शेर्पाखबर

सोनाम याङ्जी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho