महरा काण्ड बाहिरा ल्याउने पत्रकार सम्मानित

शेर्पाखबर

२०७६ अश्विन २१, मंगलबार


वाशिंगटनडिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय संजाल  (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ यो वर्ष नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्रा कुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ।
यो पुरस्कारको राशी १ हजार अमेरिकी डलर रहेको छ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 

हाम्रा कुरा डटकमले एक महिलामाथि निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गर्ने गरेको बारेमा समाचार पहिलो पटक सार्वजनिक गरेको थियो।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho