सोलुखुम्बुमा टाटासुमो दुर्घटना एकको मृत्यु

फूर्वा शेर्पा

२०७६ अश्विन १९, आईतबार


सोलुखुम्बु (शेर्पाखबर) । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट नेचाका लागि छुटेको टाटासुमो विपरित दिशाबाट आएको बलेरोसँग ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा बलेरो चालक लेखबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।
सुपर सिटी भिलेज प्रालीद्धारा सञ्चालित ५३४२ नम्बरको टाटा सुमो सोलुदुधकुण्ड नगरपालिका खाल्पामा दुर्घटना ग्रस्त भएको थियो ।  उद्धारका लागि पुगेका प्रहरी हवलदार सिद्धी श्रेष्ठका अनुसार सबै यात्रु घाइते हुनेहरु ८ जना अचेत अवस्थामा रहेको छन् ।  दुर्घटनामा जिपका चालक भने सामान्य घाइते भएका स्थानीयले शेर्पाखबरलाई जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । दुर्घटनामा परि घाइतेहरुलाई सदरमुकाम सल्लेरी र ओखलढुंगास्थित सामुदायिक अस्पतालमा लाने तयारी गरिएको जनाएको छ ।  

(समाचारसँग प्रकाशन गरिएको प्रस्तुत तस्वीर सांकेतिक हो । घटनास्थलका तस्वीर प्राप्त हुन सकेको छैन ।)

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho