प्रम ओलीको षडयन्त्रमा महरा फसेः आङ काजी शेर्पा

लाक्पा जी शेर्पा

२०७६ अश्विन १७, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । तत्कालिन सभामुख कृष्णबहादुर महराको पद खोसिनुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोषि देखाइएको छ । आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा किसानले आफ्नो कवितात्मक व्यंग्यमार्फत ओलीलाई षडयन्त्रकारीको आरोप लगाइएको हो । ‘प्रचण्डको संरक्षण र ओलीको षडयन्त्रको शिकार महरा’ भएको कविताको सारले बताउँछ । 
समाजवादी पार्टीका केन्द्रीय नेता शेर्पाले लामो समयपछि सामाजिक सञ्जालमा कविता पोष्ट गरे । जहाँ महराबाट पीडित भनिएकी रोसशी साही र तत्कालिन माओवादी समर्थित स्वस्थ्यकर्मीहरुको नेता चित्रजंग शाहीको वीचमा महरा उभिएको तस्वीर समेत सार्वजनिक गरिएको छ । यद्यपी, महरा काण्डपछि रोशनी र चित्रजंगवीच सम्बन्ध वीच्छेदको लागि समेत एकअर्कामा आह्वान गरिएको सामाजिक सञ्जालमार्फत बुझिन्छ । प्रस्तुत छ नेता आङकाजीको कविताः
 

याे याैनतामा अल्झीएकाे
महराजीकाे ज़िन्दगी
कस्लाई दाेष देखाउने ?
कस्लाई साेध्ने ?
कस्लाई सहयाेग माग्ने ?

ज्ञानेन्द्र शाहकाे गाेलीले नढलेकाे
राेशनी शाहीकाे बाेलीले ढलेकाे
महराजीकाे ज़िन्दगी ......

कसरी बिताउने सारा जीवन
अन्धकारमा जीउनु पर्ने हाे की !
राेशनीकाे डिप्रेसनले गर्दा
राजनीतिक जीवन समाप्त हुने हाे की ?

प्रचण्डकाे सहारामा
ओलीकाे षडयन्त्रकाे मारमा
जीउन बाध्य कृष्णजीकाे ज़िन्दगी

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho