मिसेस नेपाल टुरिजम विजेता शेर्पा पर्यटनदूत नियूक्त

लाक्पा जी शेर्पा

२०७६ अश्विन १६, विहिबार


काठमाडौं (शेर्पाखबर) । मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा पर्यटन सद्भावनादूत नियूक्त भएकी छन् । भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादूतमा नियूक्त गरेको हो । शेर्पालाई दुई बर्षको लागि नियूक्ति दिइएको बोर्डका एक अधिकारीले शेर्पाखबरलाई जानकारी दिए ।
 

मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादूत नियूक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका प्रस्थान समेत गरेकी छन् । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसारको कार्य गर्ने जनाएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पालाई सद्भावनादूतको रुपमा नियूक्त गर्दै बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले ‘भिजिट नेपाल २०२०’ सफल पार्न शेर्पाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 
नेपालको पर्यटन प्रबद्र्धन, नेपाली कला, संस्कृतिको सम्बद्र्धन गर्दै भ्रमण बर्षलाई सफल बनाउन आफू हर तवरले क्रियाशिल हुने सद्भावनादूत नियूक्तभएपछि शेर्पाले प्रतिबद्धता व्यक्त गरिन् । नेपालको पर्यटन प्रबद्र्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।
मिसेस नेपाल टुरिजमको उपाधी जितेर आफू नेपालको पर्यटन प्रबद्र्धनको क्षेत्रमा आधिकारीक रुपमा पाइला चाल्ने अवसर प्राप्त गरेको स्मरण गर्दै शेर्पाले सरकारले सद्भावनादूत नियूक्त गरेर आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रबद्र्धनमा भूमिका खेल्न थप बाटो खुलेको भन्दै खुसी व्यक्त गरिन् । शेर्पाले नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागि जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् । 
 

सरकारले पर्यटन बर्ष २०२० लाई सफल बनाउन सुरज वैद्यको संयोजकत्वमा समिति बनाएर कार्य अघि बढाएको छ  भने संस्कृति,पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले मन्त्री योगेश भट्टराईको नेतृत्वमा विभिन्न नीति निर्माण र संयन्त्र निर्माण गरेको छ । 
त्यस्तै, भ्रमण बर्ष सफल पार्न ट्रेकिङ एजेन्सिस् एशोसिएसन (टान), नेपाल पर्वतारोहण संघ, पर्वतीय प्रशिक्षण प्रतिष्ठान, ट्रेकिङ गाइड एशोसिएन नेपाल (टीगान) लगायतले समेत संस्थागत रुपमा कार्यक्रमहरु बनाई सरकारलाई सहयोग गरिरहेको छ ।
 

@तस्वीरहरु छिरिङ डोल्मा शेर्पाको फेसबुकबाट लिइएको हो ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho