सगरमाथा विद्यालयको विव्यस अध्यक्षमा ‘मिङमार शेर्पा’ 

साङ डोमा शेर्पा

२०७६ अश्विन १३, सोमबार


सोलुखुम्बु (शेर्पाखबर) । सोलुखुम्बुको नेचासल्यान १, सल्यानस्थित सगरमाथा आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा मिङमार सार्की शेर्पा निविरोध चयन भएको हो । अभिभावक भेलाले शेर्पालाई गाउँ शिक्षा ऐन अनुसार आगामी ४ बर्षको लागि अध्यक्षमा चयन गरेको हो ।
पर्यटन र पत्रकारिता पेशामा क्रियाशिल शेर्पाले यसअघि विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि भूमिका खेल्दै आएका थिए । स्थानीय अभिभावकको भूमिकामा शेर्पाले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने, स्टेशनरी, झोला, भौतिक सामाग्री बार्षिक रुपमा वितरण गर्दै आएका थिए । 


नेपाल कन्र्सन कियर नामक संस्थाबाट दातृ निकायको सहयोगमा शेर्पाले विद्यालय सुधारमा प्रत्यक्ष अप्रत्यक्ष भूमिका निर्वाह गर्दै आएका थिए । 
यसवीच व्यवस्थापन समितिको पहिलो वैठकमा नवनिर्वाचित विव्यस अध्यक्ष शेर्पाले विद्यालय सुधारका २६ बुँदे अवधारण पेश गरेका छन् । त्यस्तै, विद्यालयको भौतिक सुधार, प्रशासनीक सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका योजनासमेत व्यवस्थापन समितिको निर्णयबाट पारित गराई गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोला समक्ष पेश गरेका छन् । त्यस्तै, विद्यालय प्रशासनलाई दुरुस्त बनाउन नयाँ प्रधानाध्यपक चयन गरेका छन् । शिक्षक–अभिभावक संघलाई क्रियाशिल बनाउने, स्थानीय युवा, सामाजिक संस्थाका प्रतिनिधी र अगुवाहरुको समूह बनाई अनुगमन र नियमन गर्ने संयन्त्र निर्माण गरेको जनाएको छ । 
ग्रामिण क्षेत्रमा शिक्षा क्षेत्रमा गुणस्तर खस्किँदै गएको परिप्रेक्षमा आफू अध्यक्ष बनेको बताउँदै यसलाई अवसर र चुनौती दुवैकोणबाट आफूले लिएको शेर्पाले प्रतिक्रिया दिए । व्यवस्थापन समिति बाहिर रहँदा समेत आफूले विद्यालयमा विभिन्न सुधार र सुविधाको लागि भूमिका निर्वाह गरेको उल्लेख गर्दै शेर्पाले भने ‘मैले समितिमा नरहँदा समेत विभिन्न भूमिका सहित विद्यालयलाई अहिलेको उचाईमा ल्याउन भूमिका निर्वाह गरेँ । अब अभिभावकले मलाई विद्यालय चलाउन कार्यकारी ठाउँमा पुर्याउनु भएको छ । यो अवसरलाई मैले पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने हुन्छ ।’
शेर्पाले शिक्षा क्षेत्रमा मात्रै नभई स्वास्थ्य, समाज कल्याणको क्षेत्रमा समेत भूमिका खेल्दै आएको छ ।
 

शेर्पा अध्यक्षमा चयन भएपछि विद्यालयमा आमूल परिवर्तन हुने विश्वास लिइएको स्थानीय युवा लेकी शेर्पाले बताइन् । ‘हाम्रो विद्यालयमा परिवर्तनको खाँचो थियो त्यो नवनिर्वाचित अध्यक्षले पूरा गर्नु हुनेछ । यसले हाम्रो गाउँकै मुहार फेरिने छ ।’ लेकीले भनिन् ‘उहाँमाथि सिंगो गाउँको ठूलो भरोसा छ ।’
शेर्पा अध्यक्षमा चयन भए लगत्तै विद्यालयले ‘शिक्षक, अभिभावक र विद्यार्थी’ का लागि ४५ बुँदे आचारसंहिता समेत जारी गरिलागू गरेको छ ।
जसमा मायाप्रितीको गीत विद्यालयमा निषेध गर्ने देखि यसअघि १० बजे खुल्दै आएको विद्यालयलाई ९ः४५ बजे अनिवार्य खोल्ने लगायतका बुँदाहरु समेटिएका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho