सांसद शेर्पाको गुनासो ‘म बोल्छु तर मिडिया लेख्दैन !’

शेर्पाखबर

२०७६ अश्विन १३, सोमबार


काठमाडौं (शेर्पाखबर) । सांसद जिपछिरिङ लामा शेर्पाले ‘आफूले उठाएको महत्वपूर्ण विषयमा मिडियाले नलेखेको’ गुनासो गरेका छन् । शेर्पा पत्रकार संघले राजधानीमा आयोजित एक समरोहमा सांसद शेर्पाले ‘मुलुकको महत्वपूर्ण विषयमा आफूले कुरा उठाउने गरे पनि पत्रकारले नलेखेको’ भन्दै गुनासो गरेका हुन । 
‘धेरै वटा विषयहरु म सदनमा उठाइरहेका हुन्छौं । तर, पत्रकारले मैले बोलेको लेख्दै लेख्दैन ।’ उनले भने ‘पहिचान र अधिकारको विषयमा पनि मैले उत्तिकै कुरा उठाइरहेकै हुन्छु ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका शेर्पाले १ सय २५ बढी जाति भएको देशमा सबैलाई समान दृष्टिले हेर्नु नै सरकारको परमकर्तव्य रहेको उल्लेख गरे । विभिन्न सामाजिक कार्यमा क्रियाशिल शेर्पा आफू निरक्षर भएपनि राजनीतिले धेरै कुरा सिकाएको सुनाए । आफ्नो हिम्मतले अहिलेको सफलता मिलेको उल्लेख गर्दै सांसद लामाले लक्ष्य लिएर अघि बढे सफलता मिल्ने बताए ।

 

अर्को, प्रशंगमा सांसद लामाले सबै जातजातिको साझा थलोको रुपमा मुलुकलाई अघि बढाउन नसकेसम्म समृद्धीको सपना साकार नहुने बताए । मुलुकमा भएको परिवर्तनले आदिवासी जनजाति र पछाडि पारिएको वर्गको लागि केही आरक्षणसहित समानुपाति पद्धतीको व्यवस्था स्थापना गर्नु सुखद भएपनि लोकसेवा आयोगले संविधानको मर्म विपरित विज्ञापन आह्वान गरेर फेरि मुलुकलाई एकात्मकशैली तर्फ अघि बढाउने चेष्ट गरेको आरोप लगाए । ‘लोकसेवा आयोगले पछिल्लो पटक आह्वान गरेको विज्ञापन संविधानको मर्म विपरित थियो । यस विषयमा मैले सदन, सार्वजनिक निकायमा कडा रुपमा आवाज उठाएँ । तर, यस विषयमा पनि मिडियाले लेखेन ।’ सांसद शेर्पाले भने । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho