उन्मादका साथमा दुई दिने ‘शेर्पा फुड फेस्टिभल’

लाक्पा जी शेर्पा

२०७५ फाल्गुन १५, बुधबार


काठमाडौं (शेर्पाखबर) । म्याक्स इभेन्ट नेपालको आयोजनामा राजधानीको ह्यात मैदानमा विविधतायूक्त कार्यक्रम हुने भएको छ । फागुन २४ र २५ गते ‘शेर्पा फुड फेस्टीबल’ आयोजन ागर्ने भएको हो । 
महोत्सवमा विभिन्न खाना, सांगीतिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम रहने आयोजक संस्थाका डिजे ङावाङ शेर्पाले जानकारी दिए । नेपालका चर्चित गायकहरुका साथमा हुने महोत्सवमा रोज मोक्तान, विजय लामा, कमल खत्री, गम्बु शेर्पा लगायत दर्जन बढी कलाकारले प्रस्तुती दिने गरी तयारी भइरहेको गायक दावा के शेर्पाले जानकारी दिए । 
नेपाल पर्यटन बर्ष २०२० लाई स्वागत र सफल बनाउने हेतुले आयोजित कार्यक्रमको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेका छन् । कार्यक्रममा समुदायका प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान तथा अन्य कार्यक्रमहरु समेत हुने जनाएको छ । हजारौंलाई सहभागि गराइने कार्यक्रममा आयोजक डिजे ङावाङको बेजोड डिजेइङले सहभागिलाई विशेष मनोरञ्जन दिने जनाएको छ ।
म्याक्स इभेन्टले विगतमा पनि यस्तै सांस्कृतिक र पर्यटन प्रबद्र्धन गर्ने खाले कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । आयोजक संस्थाका अनुसार महोत्सवले व्यापार प्रबद्र्धन, संस्कृति प्रति युवा आकर्षण र सचेतना अभिवृद्धिमा समेत सघाउ पुग्ने पुर्याउने दाबी छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho