पर्यटकलाई ‘गाइड अनिवार्य’ गर्न माग

लाक्पा जी शेर्पा

२०७५ फाल्गुन ११, शनिबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) । ट्रेकिङ गाइड एशोसियसन नेपाल (टिगान) ले नेपाल घुम्न आउने पर्यटकलाई पथ प्रदर्शक अनिवार्य गर्न माग गरेको छ । पर्यटन विभागका महानिर्देशक डुण्डीराज घिमिरेलाई यससँगै विभिन्न माग राखि टिगानले ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष कर्ण घलेको नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै ‘पथ प्रदर्शकहरुको पेशागत सुरक्षाका लागि नीति बन्नुपर्ने, पथप्रदर्शकहरुको सामाजिक सुरक्षा र सुरक्षित भविष्यका लागि पहल गर्नुपर्ने लगायतको माग अघि सारेका छन् । 
टिगानले आफूहरुको माग १५ दिनभित्र पूरा गर्न अन्यथा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड लगायतमा तलावन्दी गर्ने समेत चेतावनी दिएका छन् । ज्ञापन पत्र बुझ्दै विभागका महानिर्देशक घिमिरेले नेपाल पर्यटन बर्ष २०२० लाई सफल पार्न सहयोग गर्न आग्रह गरे । टिगानले अघि सारेको माग सान्दर्भिक रहेकाले त्यसलाई पूरा गर्न पहल कदमी लिने बताउँदै घिमिरेले सरोकारवालाहरुलाई तत्काल बोलाएर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । ज्ञापन पत्र बुझाउन टिगानका उपाध्यक्ष जाङबु शेर्पा, कोषाध्यक्ष काले शेर्पा पिनास लगायत पुगेको महासचिव सार्की शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । अनुमतिपत्र वाहकहरु कामको खोजिमा भौतारिनु पर्ने र इजाजत पत्र हातमा बोकेर ‘हाई काडेर’ बस्नुपर्ने अवस्था विद्यामान रहेकाले यसको दीर्घकालिन व्यवस्थापनको लागि राज्यले ठोस कदम चाल्नुपर्ने समेत माग गरेको छ ।
ज्ञापनपत्रमा सरकारले पर्वतीय पर्यटन र पथ प्रदर्शकलाई थप जिम्मेवारी र सीपयूक्त बनाउन तालिम कार्यक्रमहरु सञ्चालन गर्नु सकारात्मक पाटो भएपनि 
टिगानले पथ प्रदर्शकहरुका लागि विभिन्न तालिम, अभिमुखिकरण र पेशागत हकहितका क्षेत्रमा काम गर्दै आएको छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho