मिस मंगोल छात्रावृत्ति ‘फागुन १९ मा उद्घाटन’

शेरी शेर्पा

२०७५ फाल्गुन १०, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । मिस मंगोल २०१८ का उपाधी विजेताहरुले घोषणा गरेको ‘मिस मंगोल छात्रावृत्ति कोषका लागि सहयोग जुटाउन फागुन १९ गते उद्घाटन हुने भएको छ । राजधानीको नक्सालको एक पाटी प्यालेसमा कार्यक्रम आयोजना गर्न लागिएको हो । 
मिस मंगोल २०१८ जाङमु शेर्पा, फस्ट रनरअप प्रिती गुरुङ र सेकेन्ड रनरअप पुनम शेर्पाले घोषणा गरेको ५० लाख रुपैयाँको छात्रावृत्ति कोष स्थापना गर्न कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । सोही दिन छात्रावृत्तिको औपचारिक घोषणा समेत हुने मिस मंगोल जाङमु इनन शेर्पाले जानकारी दिइन् । ‘उपराष्ट्रपति नन्दबहादुर पुनमगरले औपचारिक रुपमा छात्रावृत्तिको शुरुवात गर्नुहुने छ । त्यसपछि औपचारिक रुपमा हामी अघि बढ्छौं ।’ शेर्पाले भनिन् ‘कोषका लागि सहयोग संकलन गर्ने हेतुले कार्यक्रम आयोजना गरेका छौं । खर्च कटाएर बाँकी रकम कोषमा जम्मा हुन्छ ।’
च्यारेटी डिनर, म्यूजिकल कार्यक्रमहरुले कार्यक्रमलाई थप आकर्षक बनाउने बताउँदै मिस मंगोल २०१९ शेर्पाले भनिन् ‘ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ । त्यस्तै, डिनर कार्यक्रमपनि हुन्छ ।’
कार्यक्रममा ख्याती प्राप्त गायक राजेश पायल राई, प्रमिला राई, तुलसी पराजुली, लाक्पा शेर्पा, कमलीकान्त भेटुवाल, धिरज राई लगायतको प्रस्तुती रहने छ भने हास्यँव्यांग कलाकार मनोज गजुरेलको पनि विशेष प्रस्तुती रहने आयोजक मध्येकी पुनम शेर्पाले शेर्पाखबरलाई जानकारी दिइन् । 
कार्यक्रममा सबै क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहने र सोही अवसरमा उपराष्ट्रपतिबाट सहयोगी महानुभावहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको जनाएको छ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho