आफू सुहाउँदो घमण्ड: टिप्पणी

नुरु शेर्पा

२०७५ फाल्गुन ८, बुधबार


हामी आफैभित्र घमण्ड गर्छौ । कतिपय प्रयासहरु घमण्डले गर्दा असफल हुन सक्छन् तर ति असफलताले तपाईंको दिमागको शक्तिलाई कमजोर बनाएन भने कुनै पनि समयको असफलता तथा संसारको कुनैपनि व्यक्तिले तपाईंलाई पराजित गर्न सक्दैन । तर, यति घमण्डी नै गर्ने हो भने सूर्यलाई उदाउनबाट रोकेर देखाउन् ! तर, घमण्डीपनले यस्तो संभावना छैन । बगेको खोलालाई फर्काएर ल्याउन  सकिदैन तरपनि हामी घमण्डी प्रबृत्ति देखाउँछौं । घमण्ड हुदैमा पहाडलाई नुहाएर देखाऊन सकिदैन । आकाशलाई धर्तीमा झारेर देखाऊन सकिदैन । हामिले सबैको कुरामा समर्थन गर्नैपर्छ भन्ने पनि हुदैन किनकी सबैको आफूलाई मन पर्छ भन्ने हुदैन ।
त्यसैले अरुको कुरामा सभ्य भाषा शैलीमा तार्किक बहस गर्दा राम्रो हुन्छ । आफूमा भएको अडम्बरलाई निकालेर फ्याँक्दै अरुले लेखेको कुरामा अश्लील प्रतिक्रिया दिने पद्धतीपनि हटाउनै पर्छ । 
रिसपछि भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतनको शुरुवात हुन्छ । सबैलाई असल व्यवहार गरेमा मात्रै हामी आफ्नो पथमा सहजै लम्किन सक्छौं । घमण्ड बिहिन जब जिन्दगीका पाइलाहरु ठीक ठाउँमा टेक्न सकियो भने साच्चै नै शरीरमा स्वतः स्फुर्ती, शक्ति र निडरताको वास हुन्छ । अनि त कुराहरुले सफलताको शिखर पत्तै नपाइ चुम्न र विकास र समृद्धि लक्षित गर्न सक्छौं । त्यस्तैले घमण्डी वानी त्यागेर अघि बढ्ने अरुको कुरा सुन्ने र आफ्नो सुनाउने वातावरण निर्माण गर्दै अघि बढ्नु पर्दछ । हाम्रो समाजमा यो जरुरी छ । 
(टिप्पणीकार साम्दे शेर्पा वतृत्वकला प्रतियोगिता २०७५ का विजेता हुन् ।)
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho