संयूक्त ल्होसार मनाउन ‘टानबाट शुरु’

लाक्पा जी शेर्पा

२०७५ फाल्गुन ७, मंगलबार


काठमाडौं (शेर्पाखबर) । विभिन्न जातिले छुट्टछुट्टै र आ–आफ्नै तौरतरिकाले मनाउने ल्होसारलाई सामुहिक बनाउनुपर्ने वहस केही बर्षअघि देखि उठ्दै आइरहेको छ । यसै सन्दर्भमा ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)ले संयूक्त ल्होसार मनाएको हो । 
शेर्पा, गुरुङ, तामाङ र ह्याल्मो समुदायलाई एकै ठाउँमा जुटाएर टानले राजधानीको लैनचौर वैंक्वटमा संयूक्त ल्होसार कार्यक्रम आयोजना गरेको हो । पर्यटन मन्त्री रविन्द्र अधिकारी, सांस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा लगायतको उपस्थितीमा ल्होसार कार्यक्रम आयोजना भएको टानका महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए । 


उसो त गत बर्ष तामाङ र शेर्पा समुदायले राजधानीका टुँडिखेल मैदानमा संयूक्त ल्होसार मनाउने तयारी गरेपनि तामाङ समुदायभित्र देखिएको विवादका कारण कार्यक्रम हुन सकेन । विशेषता हिमाली आदिवासी समुदायले नयाँ बर्षको रुपमा विभिन्न चार प्रकारको ल्होसारहरु मनाउने गरेका छन् । तमु अर्थात गुरुङहरुले तोला–तमु, तामाङ र ह्योल्मोले सोनाम–ग्याल्पो र शेर्पा–ल्होमी लगायत हिमाली समुदायले ग्याल्पो ल्होसार मनाउँदै आएको छ । चन्द्रमास पात्रोको आधारमा मनाइने ल्होसारको आ–आफ्नै खाले परिभाषा गरिएपनि यसमा विशेषता नयाँ बर्ष, न्वाङ्गी, युद्धको शुभारम्भ आदि अथ्र्याउने गरेका छन् । 
ल्होसारलाई आदिवासी समुदायले मात्रै नभएर बौद्धमार्गीहरुले पनि मनाउने गरेपनि पछिल्लो समय राज्यले भने यसलाई खास महत्व दिएको छैन । यस्तो अवस्थामा यसबर्ष यसबर्ष सोनाम र ग्याल्पो ल्होसार एकै दिनपरेपनि सरकारले माघ र फागुन गरी छुट्याई दिएको छ । त्यस्तै, पुष १५ कै दिन तमु ल्होसार भने नियमित मनाउने गरेका छन् । 
लोसारलाई लोसार, ल्होसार र ल्होछार समेत भनिन्छ । जाति, उच्चारण अनुसार यसो भनिएको हिमालयन सांस्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष लाक्पा शेर्पा बताउँछन् ।  त्यस्तै, संयूक्त ल्होसार मनाउनुपर्ने अवधारणसहित शेर्पा पत्रकार संघ नेपाल र शेर्पाखबरडटकमले केही समयअघि लोसार मनाउने समुदायका विज्ञहरुवीच अन्तक्र्रिया कार्यक्रमपनि आयोजना गरेका थिए ।
 

टान ल्होसारः टनै सहभागि
टानले राजधानीको लैनचौरमा आयोजना गरेको कार्यक्रममा शेर्पा, तामाङ, गुरुङ, ह्याल्मो लगायत खसआर्य समुदायको पनि वाक्लो उपस्थिती थियो । त्यस्तै, ट्रेकिङ कम्पनीका मालिक र कामदारहरु, पर्वतारोही र व्यवसायीहरु, पथप्रदर्शक र विभिन्न सामाजिक संस्थामा आबद्ध शेर्पाहरुको उपस्थितीले कार्यक्रमको शोभनिय बनेको टानका सञ्चार संयोजक गोपाल श्रेष्ठले शेर्पाखबरलाई जानकारी दिए । 
परिकारसँगै मदिरा
ल्होसार विशेष कार्यक्रममा ल्होसारसँग सम्बन्धित खानाको भने खास प्रबन्ध गरिएको थिएन । कार्यक्रममा विशेष गरी नेपाली, कन्टीनेन्टल, इन्डियन खानाका परिकारहरु पाइन्थ्यो । त्यस्तै, सुप, चिया र मदिरापानको राम्रो प्रबन्ध मिलाइएको थियो । 

पर्यटन मन्त्रीले भने ‘बहुलसांस्कृतिक देश’
नेपाल धर्म निरपेक्षमुलुक भनेर संविधानमा लेखिएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पर्यटन मन्त्री रविन्द्र अधिकारीले सबैलाई सबै प्रकारको धर्म, संस्कृति र परम्परा मान्न पाउने हक रहेको बताए । राज्यले सबै जातजातिको धर्म, संस्कृतिको सम्बद्र्धन र प्रबद्र्धनमा विशेष ध्यान दिनेपनि सो अवसरमा उनले बताए । उनले थपे ‘नेपाल बहुल सांस्कृतिक, बहुलभाषिक देश हो । विविधता भित्रको एकता हाम्रो पहिचान हो । यसैको माध्यमबाट पर्यटन प्रबद्र्धनमार्फत हामी आर्थिक समृद्धीतर्फ लाग्नुको विकल्प छैन ।’
अर्को, प्रशंगमा उनले गौतमबुद्ध विमानस्थल तत्काल निर्माण हुने भएकाले यसले पर्यटन विकास र व्यवसायमा थप सहयोग पुग्ने जनाए ।

श्याब्रुदेखि सेलोसम्म
टान ल्होसारको अर्को आकर्षक पक्ष ह्योल्मो, तामाङ, शेर्पा र गुरुङ जातिको जातीय संस्कृति झल्कने नृत्य प्रस्तुत गर्नु हो । सबै जातिले पालैपालो आफ्नो सांस्कृतिक नाच प्रस्तुत गरे । सो अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका कलाकारले श्याब्रु नृत्य पस्केका थिए ।
पौडेल र केसीको प्रहसनमा जोडियो पर्यटन
चर्चित हास्यव्यांग कलाकार शिवहरि पौडले ‘मुखाँ हानु जस्तो’ र किरण केसी ‘रातामकै’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे व्यांग्यात्मक प्रहसन प्रस्तुत गरे । उनीहरुले विशेष गरी ३३ किलो सुन, नेताहरुको विवेकका बारेमा तिखो व्यांग्य गरे ।
संयूक्त ल्होसारमा शेर्पा समुदायका चल्तीका गायक दावा के शेर्पाले हुरहुर दौतरी, सालको पाता टपरी हुनी, जलैमा जालैमा लगायत गीत गाएर सहभागिलाई मनोरञ्जन दिलाए । त्यस्तै, अन्य गायक, कलाकारहरुले समेत आफ्नो प्रस्तुती दिए ।
मिसेस टुरिजमलाई सम्मान
मिसेस नेपाल टुरिजम २०१९ छिरिङ डोल्मा शेर्पा सम्मानित भएकी छिन् । संयूक्त ल्होसार कार्यक्रमकै अवसरमा शेर्पालाई खादा ओढाएर सम्मान गरिएको हो । मिसेस टुरिजमले नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउन थप योगदान पुग्ने आयोजक संस्थाका अधिकारीहरुले विश्वास व्यक्त गरे ।
त्यस्तै, कार्यक्रमका प्रयोजकहरुलाई समेत कदरपत्र दिएर सम्मान गरेका थिए । कार्यक्रममा विभिन्न कम्पनी, उद्योग र प्रतिष्ठित व्यापारिक घरानाले प्रयोजन गरेका थिए ।
 

फेक रेस्क्यूले लज्जित बनायोः अध्यक्ष दाहाल
टानका अध्यक्ष नवराज दाहालले संयूक्त ल्होसार कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । उनले आफ्नो भावना, व्याथ समेटिएको लामो भाषण आफ्नै शैलीमा दिए । पर्यटन बर्ष २०२० लाई सफल बनाउन भूमिका खेल्नेदेखि फेक रेस्क्यूले नेपाली पर्यटन क्षेत्रलाई ‘लज्जित बनाएको’ विषय प्रमुख थियो । त्यस्तै, सरकारले व्यवसायीहरुको हितमा ठोस नीतिहरु ल्याउन नसक्दा समस्या भएको, स्थानीय तहले पर्यटकसँग आफूखुसी रोयल्टी संकलन गर्न थालेको प्रति अध्यक्ष दाहालले पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएको टान संयूक्त ल्होसार आयोजना संयोजक रितु ग्याम्दाङले शेर्पाखबरलाई जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho