धरानका शेर्पाको दुखेसोः विश्वले चिन्यो नेपालमा चिनेन

लाक्पा जी शेर्पा

२०७५ फाल्गुन ७, मंगलबार


ओखलढुंगा (शेर्पाखबर) । हिमाली महायानी बौद्धमार्गी शेर्पा समुदायको राष्ट्रिय चाड स मो फाग् लो ग्याल्पो लोसार २१४६ को अवसरमा विविध कार्यक्रम सुनसरीको धरानमा सम्पन्न भएको छ । नेपाल शेर्पा संघ, धरान नगरसमिति र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र सुनसरीद्वा संयुक्त रुपमा धरानको सैनिक भवनमा फागुन ४ कार्यक्रम आयोजना गरेको हो । प्रदेश नं. १ का सभामुख दीपक भण्डारीको प्रमुख आतिथ्यतामा भएको केन्द्रका अध्यक्ष दावा तेम्बा शेर्पाले जानकारी दिए । 
कार्यक्रममा केन्द्रका अध्यक्ष दावाले शेर्पा समुदायलाई विश्वले चिने पनि नेपालैभित्र चिन्न नसकेको भन्दै दुःख व्यक्त गरे । शेर्पाहरुलाई पहिचान दिन र यस्ता पर्वलाई प्रबद्र्धन गर्दै राष्ट्रिय मान्यता दिने सवालमा राज्य अनुदार हुन नहुने उनको जोड थियो । 

कार्यक्रममा हिमालयन महायन देक्षेण क्षोलिङ्ग गोन्पा धरान १८ का अध्यक्ष ङावालप्टु लामा शेर्पाले लोसारको गरिमा, महत्व र मनाउने तरिकाबारे प्रस्ट्याए 
नेपाल आदिवासी जनजाती महासंघ धरानका अध्यक्ष सुवास चन्द्र हुक्पा चोङ्वाङले आदिवासी पर्व संस्कृतिलाई राज्यले विभेद नगरी बरावर फुल्ने, फस्टाउने वातावरण बनाउन र प्रर्वद्वन गर्न माग गरे । धरानको ब्यापारिक प्रतिस्ठान बराह ज्वेलरीका शाखा प्रमुख मान ब. दियालीले शेर्पा समुदायसँगको सम्बन्ध सहकार्य अटुट रहने विश्वास व्यक्त गरे । 

शेर्पा चिछोग सुनसरी अध्यक्ष गेल्बु च्यावा शेर्पाले आदिवासी जनजातिको अधिकार किनारामा धकेलिदै गएकाले सवै चनाखो हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा १ न. प्रदेश सभाका सभामुख भण्डारीले हिमवत खण्डबाट शुरु भएको लोसारको ईतिहास प्रस्ट्याउदै संविधानले धर्म निरपेक्षता, समावेशीता, समानुपातिक व्यवस्था गरेकाले बहुभाषिक बहुसांस्कृतिक, गणतान्त्रिक देशमा कसैले विभेदको महसुस गर्न नपर्ने गरि व्यस्वस्था अवलम्बन गरि ऐन कानुनहरु निर्माण भइरहेको बताए । 
शेर्पा चिछोग (संघ) धरानका अध्यक्ष तेञ्जिङ्ग खापा शेर्पाले सालिन्य गोन्पा सरसफाई, गुथुक कार्यक्रम, ल्हप्सो, फुर्वा पुजा र शुभकामना आदानप्रदान, सामुहिक भोज र सांस्कृतिक कार्यक्रम  आयोजना गरिदै आएको जानकारी दिए ।

सामुदायिक एकतालाई अझ मजभूत बनाउने, पुख्यौली विरासतका रुपमा रहेको धर्म, संस्कृतिलाई जिवन्त राख्दै यसको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका साथै पुस्तान्तरण गर्ने, सामाजिक राजनीतिक विषय उठान र सामुदायिक सचेतनाका माध्यमबाट जागरण ल्याउन र आदिवासी जनजाति र यसको मौलिक संस्कृति बारे राज्यको ध्यानाकर्षण गराई माग र मुद्दाहरु सम्बोधन गराउने हेतुले बर्षेनी लोसार कार्यक्रम आयोजना गर्ने गरेको अध्यक्ष तेन्जिङ्गले शेर्पाखबरलाई जानकारी दिए ।

सांस्कृतिक कार्यक्रमको शुभारम्भसंगै कला, संगीत क्षेत्रमा उदाउँदा कलाकारहरु नोर्देन, केल्साङ र मिङमा शेर्पाले सामुहिक प्रस्तुती पस्के । मौलिक नेपाली नृत्यमा लाक्पादिकी सलका शेर्पाले आकर्षक नृत्य मार्फत कार्यक्रमलाई थप रौनक तुल्याइन । शेर्पा संघ धरानका सचिव दातेन्जी गर्जा शेर्पा र शेर्पा महिला संघ सुनसरी सचीव लाक्पादिकी लामा शेर्पाद्वयले कार्यक्रम सञ्चालन गरेका थिए । औपचारिक कार्यक्रम पश्चात् नृत्य, श्याब्रु र सामुहिक भोजनमा सहभागि भई हर्षोल्लसका साथ लोसार मनाए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho