पात्ले शेर्पाको ल्होसार रौनक

लाक्पा जी शेर्पा

२०७५ फाल्गुन ६, सोमबार


ओखलढुंगा (शेर्पाखबर) । सा मो फाग् ल्हो २१४६ औं ग्याल्पो लोसार विभिन्न कार्यक्रम गरी मनाउने क्रम जारी छ । पात्ले ओखलढुंगा समाज सेवा काठमाडौंले पनि ल्होसार विशेष कार्यक्रम आयोजना गरि मनाएको हो ।
शेर्पा सेवा केन्द्र बौद्धमा आयोजित ल्होसार सहभोग कार्यक्रममा सयौंको संख्यामा ओखलढुंगाबाट काठमाडौं आएर वसोवास गरेका शेर्पाहरुको सहभागिता रहेको अध्यक्ष पासाङ शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथमा शुभकामना आदनप्रदान, जलपान, ल्होसार विशेष परिकार ग्रहण गरेका थिए । 

बर्षेनी समिति (लावा) निर्माण गरी आयोजना गर्ने सहभोज (पिकनिक) यसबर्ष साविक पात्ले ४ का तेन्जी शेर्पा, पात्ले ३ का छिमी शेर्पा र पात्ले १ का दोर्जी शेर्पा थिए । आयोजक समितिले अर्को बर्षका लागि आजै जिम्मेवारी हस्तान्तरण गरेको किदुगका पासाङ दावा शेर्पाले जानकारी दिए ।
शेर्पा जातिको भाषा, कला, साहित्य, संगीत, परम्परागत मान्यताहरुलाई सम्बद्र्धन गर्दै बौद्ध धर्म प्रबद्र्धन र ग्याल्पो राष्ट्रिय चाडको खुसीयालीमा लोसार मनाउने गरेको पात्ले किदुगका कोषाध्यक्ष पेम्बा शेर्पाले बताए । नयाँ बर्षको रुपमा मनाइने कार्यक्रममा छिमेकी जिल्ला सोलुखुम्बु, खोटाङ, संखुवासभा लगायतका शेर्पाहरुको समेत सहभागिता रहेको थियो । आफ्नो भेषभूषमा सजिएर कार्यक्रममा उपस्थित भएकाहरुले शेर्पा तथा नेपाली गीतहरुमा रमाउने गरेका छन् । त्यस्तै, सामुहिक श्याब्रु नृत्य प्रस्तुत गर्ने र समुदायको हितको विषयमा छलफल समेत भएको जनाएको छ ।

किदुगले सामाजिक रुपान्तरणका लागि विभिन्न कार्यकलापहरु समेत सञ्चालन गर्दै आएको र यसबर्ष श्याब्रु नृत्य प्रशिक्षण सम्पन्न गरी हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले आयोजना गरेको वृहत्त लोसार प्रतियोगितामा समेत सहभागि भएको सचिव मिङमार शेर्पाले जानकारी दिए । लोसार विशेष कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्वका साथमा सांसद, पूर्वसांसद र संघसंस्थाका प्रतिनिधीहरुको समेत वाक्लो उपस्थिती थियो ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho