कार्यकर्ता हुन पाइन्छ तर कालोलाई सेतो भन्न पाइँदैन

चम्पक किराँती

२०७५ फाल्गुन ६, सोमबार


कुनै पार्टीको कार्यकर्ता र ‘हनुमान’ नै भयो भन्दैमा त्यो पार्टीको गलत पात्र र खराव प्रवृत्तिको विरोध नगर्नु र अन्धो भक्त हुनु आफैमा घातक हो । यदि हामी सचेत सच्चा नेपाल आमाको असल प्रगतिशील सपूत हौं भने नेकपा , काङ्ग्रेस , सङ्घीय समाजवादी जोसुकै भएपनि  यी सबैको नाजायज नकारात्मक पक्षको खुलेर विरोध गर्न डराउने होइन कराउने हो मित्रहरू । ताकी हाम्रो खबरदारी र भन्डाफोरले देश र जनताप्रति बफादार र उत्तरदायी भएर जनमुखी कार्य गर्दै सुन्दर समृद्ध नेपाल निर्माण गर्न सकोस् ।  

हाम्रा  उर्जाशिल युवा मित्रहरूलाई प्रश्न गर्न मन लाग्यो । तपाई हाम्रो सत्बुद्धि कहिले पलाउछ ?  म पनि कुनै समयमा  कम्युनिस्ट कार्यकर्ता थिए । म आफै पनि राजनैतिक क्रान्तिमा लागेको र राजनैतिक चेतना खुलेको करिब एक दसक जति भयो भन्दा फरक पर्दैन । आज पशुपती शर्माको शब्दले मेरो कतै चित्त दुखेको छैन। उनले नेपालको वास्तविक यथार्थ कुरालाई व्यङ्ग्यात्मक तरिकाले गीतमार्फत समाजमा रहेका विकृति विसङती , गलत पात्र,  खराब प्रवृत्ति र भ्रष्टाचारको विरुद्ध आफ्नो आवाज बुलन्द गर्दै सुन्दर नेपाल निर्माण गर्न घच्घचाएका छन् । जनताले आफ्नो आवाज बुलन्द गर्न पाउदैन भनेर कुन कानुनमा लेखेको छ ? उनले के अपराध गरेको होर ? यदि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो भने जनताले संविधान प्रदत्त अधिकार उपयोग गर्न पाउनु पर्छ । 

नेपालको सम्सदिय राजनीतिमा पौडी खेल्ने संसदीय पार्टी र तिनका कार्यकर्ता हरुले आफुलाई  कम्युनिस्ट भन्ने हैसियत राख्छन् कि राख्दैनन ?  भारतले नेपालको भुमी अतिक्रमण गर्दा चुइक नोबोल्ने , महाकाली बेच्दा ताली पड्काउने त्यस्तै गरि निर्मला पन्तको ब्लत्कारी अपराधी लुकाउन मद्धत गर्नेहरुका बिरुद्ध च्वाँ बोल्न नसक्ने , ३३ किलो सुन खोजी नगर्ने , वाइडवडी भ्रष्टाचार , एनसेलको करछली ,  मेलम्चीको उही हालत हुँदा चुपचाप बस्ने दल , तस्कर , भ्रष्ट र घुसखोरिका विरुद्ध चु नबोल्ने अनि  पशुपतिले कुकुर जस्तै भुक्छन भन्दा १२ हात माथी उफ्रनु पर्ने यो कस्तो राजनीति कि लाजनिती ? भक्त हुनुहोस् मित्रहरु तर अन्धोभत्त हुनु आत्माघाती हो । यस्ले आफू, सामाज र राष्ट्रलाई कदापि भलो हुने छैन । 

(लेखकको निजी विचार हो । सम्पादन नगरी प्रकाशन गरिएको छ ।
 

चम्पक किराँतीका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho