मिसेस टुरिजम शेर्पालाई ‘पहिचान प्रस्तुतीकरण सम्मान’

साङ डोमा शेर्पा

२०७५ फाल्गुन ५, आईतबार


काठमाडौं (शेर्पाखबर) । मिसेस नेपाल टुरिजम २०१९ छिरिङ डोल्मा शेर्पा सम्मानित भएकी छन् । श्यामा शेर्पा किदुगले ल्होसारको अवसरमा शेर्पालाई सम्मान पत्र र खादाले सम्मानित गरेकी हुन् ।
‘मिसेस नेपाल टुरिजमको ताज पहिरिँदै शेर्पाको पहिचानलाई अगाडी बढाउन विशेष योगदान पुर्याए वापत यो सम्मान पत्र प्रदान गरिन्छ ।’ उल्लेखित सम्मान पत्र किदुगका अध्यक्ष तथा प्रदेश सांसद डिएन शेर्पाले छिरिङलाई प्रदान गरिन् । ‘आगामी दिनमा समेत आफ्नो प्रतिभा मार्फत विश्वमा शेर्पा समुदायलाई चिनाउन भूमिका खेल्ने’ पनि संस्थाले अपेक्षा गरेको छ । 
छिरिङ मिसेस नेपाल टुरिजम २०१९ र वेष्ट हेयरको समेत उपाधी विजेता हुन् । उनी दोलखा लामवगरकी हुन् । कार्यक्रममा प्रमुख अतिथि रहेका संघीय सांसद जिप छिरीङ लामा शेर्पाले छिरिङका बारेमा चर्चा गरे । त्यस्तै, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पाले छिरिङले आफ्नो प्रतिभा र निरन्तर परिश्रमबाट उपाधी जित्न सफल भएको र यसले सिंगो शेर्पा समुदायको शिर उँचो बनाएको भन्दै प्रसंशा गरे । कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पा, पुर्व सांसद आङ टावा शेर्पा लगायतले समेत छिरिङ बारे चर्चा गरे । 
ल्होसार शुभकामना आदनप्रदानकै अवसरमा श्यामा किदुगको बार्षिक साधारण सभा समेत सम्पन्न भएको थियो । श्यामा शेर्पा किदुग दोलखा जिल्लाको जिरी नगरपालिका १ श्यामा स्थायी वतन भई राजधानीमा वसोवास गर्ने श्यामालीहरुको साझा संस्था हो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho