ओखलढुंगामा शेर्पा ग्याल्पो लोसारको तयारी पूरा

मिङमार शेर्पा

२०७५ फाल्गुन २, विहिबार


ओखलढुंगा (शेर्पाखबर) । लोसार शुभकामना आदनप्रदान तथा वृहत्त सांस्कृतिक साँझ कार्यक्रमको तयारी पूरा भएको छ । नेपाल शेर्पा विद्यार्थी संघ ओखलढुंगाको आयोजनामा हुने कार्यक्रमका तयारी पूरा भएको हो ।
कार्यक्रमको अन्तिम तयारी स्वरुप ओखलढुंगा सदरमुकामको विभिन्न ठाउँमा स्वागतद्धार तथा व्यानर टाँग्ने, माइकिङ गरी सुसूचित गराउन, पोष्टर टाँस्ने लगायतको काम सम्पन्न भएको प्रचारप्रचार संयोजक शेरी शेर्पाले जानकारी दिए ।
त्यस्तै, सांस्कृतिक साँझका लागि कलाकारहरु समेत सदरमुकाम आइसकेको शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । कार्यक्रमका लागि ख्याती प्राप्त गायक गम्बु शेर्पा, सिता माझी, जिवन वम्जन लगायत खिजीफलाटे हुँदै ओखलढुंगा आइसकेका छन् । त्यस्तै, चर्चित गायक सोनाम शेर्पा, दावा के शेर्पा, आङदामु शेर्पा र मिस शेर्पा २०१७ सोनाम डोल्मा शेर्पा लगायत राजधानीबाट ओखलढुंगा आइपुगेको अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए । शुक्रबार (भोली) १० बजेबाट जिल्ला समन्वय समितिको हलमा प्रदेश सांसद अम्बिर गुरुङले उद्घाटन गर्ने कार्यक्रममा शेर्पा समुदायकै प्रखर वक्ता लाक्पा शेर्पा लगायत अतिथिको उपस्थिती रहने सचिव फूर्वा शेर्पाले जानकारी दिए । 
कार्यक्रममा केन्द्रीय प्रतिनिधीको रुपमा अध्यक्ष साङ्गे मिङमा शेर्पा पनि ओखलढुंगा आएका छन् । उनले दोस्रो जिल्ला अधिवेशन सम्पन्न गर्न समेत भूमिका निर्वाह गर्ने छन् । विभिन्न ख्याती प्राप्त कलाकारहरुको वेजोड प्रस्तुतीको साथमा राती करिव ९ बजेसम्म कार्यक्रम हुने जनाएको छ । कार्यक्रममा लोसार विशेष शेर्पा परिकार, श्याब्रु नृत्य, शुभकामना आदनप्रदान, जलपान, सम्मान लगायत कार्यक्रम रहेको जनाएको छ । संघले कार्यक्रममा सहभागि भएर शेर्पा संस्कृतिबारे जानकारी लिदै कार्यक्रम सफल पार्न सहयोगका लागि समेत आह्वान गरेको छ ।

 

मूख्य निर्वाचन अधिकृतमा वस्नेत
यसैवीच नेपाल शेर्पा विद्यार्थी संघ ओखलढुंगाले दोस्रो अधिवेशन सम्पन्न गर्ने हेतुले एक निर्वाचन मण्डल गठन गरेको छ । अधिवक्ता गुरुबहादुर वस्नेतको नेतृत्वमा निर्वाचन मण्डल गठन गरेको छ । वस्नेतलाई मूख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । त्यस्तै निर्वाचन अधिकृतमा पत्रकार लाक्पा जी शेर्पा र कूलबहादुर तामाङ छन् । निर्वाचन मण्डलले बन्दसत्रमार्फत भोली नै २५ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गर्ने कार्यक्रम रहेको जनाएको  छ ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho