हिमाली शेर्पा सांस्कृतिक समाजको ‘विशेष लोसार’

साङडोमा शेर्पा

२०७५ माघ २६, शनिबार


काठमाडौं (शेर्पाखबर) । हिमाली शेर्पा सांस्कृतिक समाजको आयोजनामा ल्होसार सांस्कृतिक कार्यक्रम आयोजना भएको छ । राजधानीको जोरपाटीमा आयोजित कार्यक्रममा खानपान र शुभकामना आदनप्रदान समेत भएको हो ।
नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष आङ दोर्जी शेर्पाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पा विशेष अतिथिको रुपमा सहभागि थिए ।
विभिन्न शेर्पा परिकारका साथमा आयोजना गरेको कार्यक्रममा शेर्पा संस्कृतिमा आधारित श्याब्रु, टुंना नृत्य प्रस्तुत गरिएको सचिव मिङमार सार्की शेर्पाले जानकारी दिए । औपचारिक कार्यक्रमपछि गायक आङ तेन्जी शेर्पा, दावा के शेर्पा लगायतले सहभागिलाई मनोरञ्जन प्रदान गरे । 
औपचारिक सत्रमा बोल्दै शेर्पा पत्रकार संघ नेपालको संस्थापक अध्यक्ष लाक्पा जी शेर्पाले समुदायमा एकताको खाँचो औल्याए । ‘शेर्पा समुदायमा विभिन्न कोणबाट विभाजन देखिन्छ । यसले समुदायको हित गदैन तसर्थ सतहीमा देखिएका समस्याहरु समाधानका लागि अगुवा संस्थाहरुले तत्काल कार्य गर्नुपर्ने देखिन्छ ।’ अध्यक्ष शेर्पाले भने ‘लोसारलाई हामी रमाइलो गर्ने, मदिरापान गर्ने थलोको रुपमा मात्रै नलिऔं, नीति निर्माण र विचार, बहसको थलोको रुपमा विकास गरौं ।’
केन्द्रका अध्यक्ष शेर्पाले शेर्पा समुदायमा आयोजना भइरहेको कार्यक्रममा जागरण ल्याएको बताए । ‘लोसार लगायतका कार्यक्रमले समुदायमा जागरण ल्याएको छ । युवा पुस्तालाई हाम्रो संस्कार, संस्कृती बारे सजिलै बुझाउन लोसारको अवसरमा आयोजित यी र यस्तै कार्यक्रमहरुले भूमिका खेलेको छ ।’ अध्यक्ष शेर्पाले भने । संघको नाममा जग्गाघर जोड्न सफल भएको बताउँदै प्रमुख अतिथि शेर्पाले भने ‘अब त्यही भवनमा सबै संघसंस्थाहरुलाई अटाउने गरी कार्यअघि बढ्दैछ ।’
समुदायमा समान उद्देश्य बोकेका विभिन्न संस्थाहरुको स्थापना भइरहेको जनाउँदै अध्यक्ष शेर्पाले संस्थाहरुलाई व्यवस्थित रुपमा अघि बढाउन सके मात्रै समुदायको हित हुने उल्लेख गरे । अर्को प्रसंगमा अध्यक्ष शेर्पाले अधिकार प्राप्तिका लागि समुदाय एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा आयोजक संस्थाका पासाङ रिन्जी शेर्पाले आफ्नो भनाइ राखे । कार्यक्रम पासाङ निमा शेर्पाको अध्यक्षतामा  सम्पन्न भएको थियो ।

साङडोमा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho