श्याब्रु र वतृत्वकला प्रतियोगितामा क्रमशः यम्बु ठमिछो र नुरु शेर्पा

लाक्पा जी शेर्पा

२०७५ माघ २२, मंगलबार


काठमाडौं (शेर्पाखबर) । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले बार्षिक रुपमा लोसारको अवसरमा आयोजना गर्दै आएको श्याब्रु तथा साम्दे शेर्पा स्मृति वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत श्याब्रु नृत्यतर्फ यम्बु ठमिछो शेर्पा किदुग र वादविवाद तर्फ नुरु शेर्पाले प्रथम स्थान हासिल गरेको हो । 
त्यस्तै, श्याब्रु नृत्यतर्फ शेर्पा किदुग संखुवासभा द्धितीय, पिके गेलेक द्यागेलिङ छोक्पा गोली तृतीय र हिमालयन शेर्पा सांस्कृतिक केन्द्र बाह्रविसे परिवारले ‘पब्लिक च्वाइज’ स्थान हासिल गरेको केन्द्रका बरिष्ठ उपाध्यक्ष आङ डोमा शेर्पाले जानकारी दिइन् । त्यस्तै, वतृत्वाकलातर्फ फुपु ल्हमु शेर्पा द्धितीय, पेम्वा र छिरिङ कार्साङ तृतीय र पासाङ ल्हमु शेर्पाले सान्त्वना स्थान हासिल गरे । 
श्याब्रु तर्फका विजेताहरुलाई नगद ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे भने वातृत्वकला तर्फ २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदका साथमा प्रमाण पत्र, ट्रफी प्राप्त गरेका छन् । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कार प्रदान गरेको संस्थाका सचिव सोनाम डोल्मा शेर्पाले शेर्पाखबरलाई जानकारी दिइन् । प्रतियोगितामा श्याब्रु तर्फ विभिन्न जिल्लाका १० समूह र वतृत्वकलातर्फ ६ जनाले सहभागि जनाएका थिए ।
केन्द्रको पच्चिसौं रजत जयन्तीको अवसरमा आयोजना गरेको कार्यक्रमको अन्तिम दिन साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार समेत प्रदान गरे । विगतका बर्षमा झै छनौट समिति गठन गरी पुरस्कार वितरण गरेको हो । साम्दे शेर्पा राष्ट्रिय पुरस्कार यस बर्ष बरिष्ठ हास्यकलाकार रातामकै अर्थात किरण केसीलाई प्रदान गरेको छ । त्यस्तै, दमन रुपाखेती र गम्बु शेर्पालाई पनि पुरस्कारसहित सम्मान गरे । सोही अवसरमा ‘रजत यात्रा’ नामक पुस्तक समेत विमोचन गरे ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho