सिंहदरबारमा ग्याल्बाे ल्हाेसार .l

कुन्जाङ शेर्पा

२०७५ माघ २२, मंगलबार


समयकाे सुदुर यात्रा गर्दै
अाईपुगेछाैँ मेराे ग्याल्बाे ल्हाेसार
तिम्रो स्वागतमा घर अनि मन सफा राखेर 
बसिरहेछाैँ म अनि मेराे समुदाय ।
ए ग्याल्बाे ल्हाेसार !
विगत वर्ष झैँ, अायाैँ कि ? खालि हात !
कि छन् यसपालि प्रगति र समृद्धिका केही बात ।।

अरे ! मेराे ग्याल्बाे ल्हाेसार !
कति तिमी एक्लै अाउँछाैँ, अनि गुथुककाे स्वादमा रमाएर एक्लै लर्बराउँछाैँ ।
क्यालेन्डरमा मात्रै हैन
अाफैँमा नयाँ बन, नयाँ वर्ष हैन, नयाँ युगकाे उद्घाेष गर ।।
प्याराे ल्हाेसार ! 
यस पटक तिमी अाउँदा
मेराे समुदायलाई नयाँ जाेश, उमंग र एकताकाे भाका ल्याईदेउ ।
अनि तिमी अाउँदा 
मेराे समुदायमा शिक्षा, चेतना, अधिकार र समृद्धिकाे खाका ल्याईदेउ ।।
अरे यार !
मेराे ग्याल्बाे ल्हाेसार !
तिमी साैताकाे छाेराे हाैँ, कि कसैकाे टुहुराे सन्तान
नत्र ...
तिम्रै देश भित्र, तिम्रै समिपकाे चाड अाउँदा
देश सजिन्छ, ताेप पड्किन्छ ।
साँईला हवल्दारकाेमा मात्रै हैन, 
सिंहदरबारमा भत्तेर लाग्छ
प्रधानमन्त्री र राष्ट्रपतिकाे स्वागत पाउँछ ।
अनि तिमी अाउँदा.....
....भिखारीलाई भिख फाले सरी
दशैँमा अाँगनमा अाएकाे कुकुरलाई हड्डी फाले सरी
एक दिने बिदाकाे हड्डी फाल्दछ मेराे देश ।
अनि रटाउछ सबैलाई, 
विविधतामा एकता बाेकेकाे सुन्दर फुलबारी मेराे देश
सुन्दर फुलबारी हैन, एकै फुल फुल्ने ताेरिबारि बन्याे देश ।।
उफ..
छाेड असमानता र विभेदिकरणका यी कथाहरू..
बरु सुन ...
ग्याल्बाे ल्हाेसार !
यस पटक तिमि अाउँदा
केही काेशेली ल्याउनै पर्छ ।
समानताको लडाइँ लड्नै पर्छ ।
मेराे समुदायलाई जागरण र चेतनाकाे गुथुक खुवाउनै पर्छ ।
समावेशीकरण र संघियताकाे चुलाेमा पाकेकाे
शिक्षा, चेतना, राजनितिक अधिकारकाे
खापसा र गुथुक खाएर
मेराे समुदाय र देश समृद्द बन्नेछ ।
राज्यको हरेक स्थानमा, हाम्रो उपस्थिति हुनेछ
अनि त तिम्रो स्वागतमा बक्कु र दाेचामा सजिएर
मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति उभिनेछन ...
तिम्रो स्वागतमा ताेप पड्काएर हैन
सेताे अष्टमंगलले सिंहदरबार सजाएर
लामा भिक्षुहरुकाे पवित्र मन्त्राेचारण
साथ सबैले भन्नेछन् 
"लाेसारला टासी देलेग फुनसुम छाेक
लाे समबला तेनदु देवा थाेपार शाेक"

मेराे अनकन्टार हिमाली चाैरिगाेठमा मात्रै हैन
सिंहदरबारमा गुथुक बन्नेछ, ग्याल्बाे ल्हाेसार अाउनेछ ।
अनि हाम्रो मात्रै हैन...
सिंगाे देशकाे पर्व बन्नेछ ग्याल्बाे ल्हाेसार ।
सबैले मन देखि भन्नेछन्, ल्हाेसारकाे शुभकामना ।

(लेखक सोलुखुम्बुमा क्रियाशिल युवा नेता हुन् ।)

कुन्जाङ शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho