‘ग्याल्पो लोसार सन्दर्भ ‘शेर्पा समुदायमाथि फेरि विभेद !’

लाक्पा जी शेर्पा

२०७५ माघ २२, मंगलबार


काठमाडौं (शेर्पाखबर) । २१४६ औं ग्याल्पो लोसार मनाइ रहँदा शेर्पा समुदायले आफूहरुमाथि राज्यले विभेद गरेको पुनः महशुस गरेका छन् । राष्ट्रप्रमुखहरुबाट शुभकामना वक्तव्यहरु जारी भइरहँदा शेर्पा समुदायको मूख्य चाड ग्याल्पो लोसार बारे उल्लेख नगरेको उनीहरुको आरोप छ । 
‘राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराले जारी गरेको शुभकामना वक्तव्यमा ग्याल्पो लोसार र शेर्पा समुदायवारे कतै छुवाएको छैन, यही हामी माथिको अन्याय हो ।’ नेपाल शेर्पा संघका एक सदस्यले भने ‘राज्यभित्र वसोवास गर्ने जातिको चाडपर्वको बारेमा राज्य सञ्चालकलाई जानकारी हुनुपर्छ ।’
सदियौंदेखि आफूहरु विभेदमा परिरहेको र लोसारको सन्दर्भमा आइपुग्दा थप अन्याय महशुस गर्नुपरेको आदिवासी अधिकार अभियान्त लाक्पा शेर्पाले दुःख व्यक्त गरे । पञ्चायक निर्णयक समितिको असवधानीले लोसारको तिथिमिति फरक पारेको उल्लेख गर्दै शेर्पा समुदायले चन्द्रपात्रो अनुसार माघ २३ गते नै लोसार मान्ने नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले जानकारी दिए । उनले भने ‘यस विषयमा हामीले यसअघि नै गृह मन्त्रीलाई ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गरिसकेका छौं । तर, सुधार्ने काम भएको छैन । यो दुःख कुरा हो ।’
चार प्रकारको लोसार मध्ये शेर्पा समुदायले ग्याल्पो लोसार मान्दै आएका छन् । लोसारका अवसरमा शेर्पा समुदायले विभिन्न औपचारिक कार्यक्रमहरु आयोजना गरिरहेका छन् । उता राज्यले भने ग्याल्पो लोसारको कुनै गुन्जायस समेत दिएको छैन । राज्यले प्रत्यक्ष परोक्ष रुपमा शेर्पा समुदायमाथि भइरहेको विभेदको तत्काल अन्त्य हुनुपर्ने हिमालयन शेर्पा सांस्कृतिक केन्द्रको अध्यक्ष छिरिङ शेर्पाले जोड दिए ।
गएको बर्षपनि शेर्पा समुदायले लोसार मानिसकेको एक महिनापछि राष्ट्रपति, उपराष्ट्रपति लगायतले शुभकामना व्यक्त गरेका थिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho