शेर्पा समुदायको ‘२१४६ औं ग्याल्पो लोसार’

लाक्पा जी शेर्पा

२०७५ माघ २०, आईतबार


काठमाडौं (शेर्पाखबर) । स मो फाग्लो २१४६ ग्याल्पो लोसारको अवसरमा लोसार गुथुक कार्यक्रम आयोजना भएको छ । हिमालयन शेर्पा सांस्कृतीक केन्द्रको आयोजनामा लोसार विशेष कार्यक्रम आयोजना गरेको हो । तीन दिनसम्म मनाइने कार्यक्रममा पहिलो दिन लोसार गुथुक, दोस्रो दिन विभिन्न प्रतियोतिा र अन्तिम दिन शान्ति र्याली हुने कार्यक्रम संयोजक आङ डोमा शेर्पाले जानकारी दिए । 
गृहमन्त्री रामबहादुर थापामगर (बादल) को प्रमुख आतिथ्यमा राजधानीको बौद्धस्थित ह्यात मैदानमा आयोजना भएको कार्यक्रमको सभाध्यक्षता अध्यक्ष छिरिङ शेर्पाले गरेका थिए  । 
उद्घाटन समारोहमा नेपाल बौद्ध महासंघका महासचिव कमल भण्डारीले ग्याल्पो लोसार कुनै एक जातिको मात्रै नभएर सबैको पर्व भएको जनाए । लोसार बुद्धले बुद्धत्व प्राप्त गरेको विषयसँग सम्बन्धित रहेको सो अवसरमा महासचिव भण्डारीले जानकारी दिए । 

आदिवासीलाई अधिकार पाएमात्रै मुलुक समृद्ध हुने
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्व कृषि सहायक मन्त्री आङ छिरिङ लामा शेर्पाले आदिवासी जनजातिहरुलाई अधिकार सम्पन्न भएमात्रै मुलुक समृद्ध हुने जनाए । सगरमाथा, संस्कृती र बुद्ध जन्मेको विश्वको अनुपम स्वर्ग जस्तो देश नेपाल आज राजनैतिक नेताहरुको ‘अदुरदर्शिता’, अकर्मण्यताले नर्कसावित भएको भन्दै दुःख व्यक्त गरे । बर्तमान सरकारले संविधान संशोधन मार्फत आदिवासी जनजाति, मधेशी, मुस्लिम, सिल्पी समुदायलाई अधिकार सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने मन्त्री शेर्पाको जोड थियो । 
त्यस्तै, प्रदेश नं. ३ का सांसद डिएन शेर्पाले शेर्पाहरु अधिकार प्राप्त गर्ने र बौद्धिक वहस गर्ने क्षेत्रमा उपस्थित न्यून जनाउने भन्दै दुःख व्यक्त गरे । उनले अघि भने ‘हामी अहिले अधिकारको वहसमा छौं, हाम्रो उपस्थित शून्य जस्तै छ । केही समयपछि यही ठाउँमा मदिरासहितको कार्यक्रम हुन्छ । यो ह्यात चौरमा हामी अटाउँदैनौं ।’

संस्था र व्यक्तिहरु सम्मानित
कार्यक्रममा कार्यक्रम आयोजना सघाउने सामाजिक तथा व्यापारिक संस्थाहरुलाई प्रमुख अतिथि गृहमन्त्री वादल र अध्यक्ष शेर्पाले सम्मान गरे । त्यस्तै, नेपाल शेर्पा महिला संघ, शेर्पा पत्रकार संघ नेपाल, शेर्पा सञ्चार समूह, शेर्पा कलाकार संघ लगायतलाई पनि सम्मान पत्र प्रदान गरे । 
कार्यक्रममा मिस शेर्पा २०१८ दाबुटी शेर्पा, मिस्टर शेर्पा सोनाम जाङबु शेर्पा,  मिस मंगोल २०१८ जाङमु इनन शेर्पा, पत्रकारद्धय छेटु शेर्पा र लाक्पा शेर्पा त्यस्तै, उद्घोषिका याङजुम शेर्पा लगायतलाई पनि योगदानको कदर गर्दै सम्मान गरेको सचिव सोनाम डोल्मा शेर्पाले जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho