बरिष्ठ गायक लाक्पा शेर्पालाई ‘लाइफ एचिभमेन्ट अवार्ड’

ङावा शेर्पा

२०७५ कार्तिक २२, विहिबार


काठमाडौं (शेर्पाखबर) । ‘झस्केर दुःख्छ यो मुटु मेरो उसैको यादमा ...।’ लगायत दर्जनौ गीतका सर्जक लाक्पा शेर्पा ‘लाइफ एचिभमेन्ट अवार्ड’ले सम्मानित भएका छन् । शेर्पा कलाकार संघले राजधानीमा विशेष समरोह आयोजना गरी बरिष्ठ गायक शेर्पालाई सम्मानित गरेको हो । 
कला, संगीतको माध्यमबाट शेर्पा समुदायमा मात्रै नभएर सिंगो कलाकारिता जगतमै उदाहरणीय बनेका भन्दै शेर्पालाई सम्मान गरेको जनाएको छ । लामो समयदेखि संगीत कर्ममा लागेका शेर्पा गीतसंगीतका माध्यमबाट निरन्तर साधनारत छन् । 
दीपावलीको अवसरमा शुभकामना आदनप्रदानसहित आयोजना गरिएको कार्यक्रममा देउसी भैलोका साथमा आपतकालिन कोष निर्माण लगायत उद्देश्यले आयोजना गरिएको हो । 
कार्यक्रममा बोल्दै ओखलढुंगा कलासहित्य समाज काठमाडौंका अध्यक्ष गम्बु शेर्पाले समुदायका अगुवाहरुले कलाकारिताको महत्व र कलाकारलाई चिन्न नसकेको भन्दै दुःखेसो व्यक्त गरे । कलाकारहरु समाज रुपान्तरणको दह्रो खम्बा भएपनि त्यसबारे अगुवाहरु नै अनविज्ञ रहेको उनको गुनासो छ । कलाकारलाई सम्मानका साथै सहयोगले उनीहरु निरन्तर साधनामा लाग्न सक्ने उनको भनाइ थियो । त्यस्तै, नेपाल शेर्पा संघका अध्यक्ष इन्जिनियर एडी शेर्पाले संस्थाको दीर्घजीवनको कामना गरे । संस्थाहरु जन्मिने र सेलाउने क्रमले राम्रो सन्देश नगएको उनको भनाइ छ । त्यस्तै, महिला संघका अध्यक्ष ङिमी शेर्पाले २१ औं शताब्दीमा पनि नारी पुरुष बराबरी हुनुपर्ने कुरा उठाइरहनुपर्ने वाध्यत्मक अवस्थाले लज्जित बनाएको टिप्पणी गरे । नयाँ संविधान जारी भई कार्यान्वयनमा रहेको अवस्थामा समनताको लागि नारा लगाउँदै सडकमा कुर्लिनुपर्ने अवस्थाले राम्रो सन्देश नजाने र समानताको लागि सम्मानजनक व्यवहार जरुरी रहेको जनाए । 
आपतकालिन कोषका लागि चर्चित गायक गम्बु शेर्पा, नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी शेर्पा लगायतले आर्थिक सहयोग घोषणा गरे । त्यस्तै, नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, बाह्रविसे नगरपालिकाका मेयर ङिमा फिन्जो शेर्पा लगायतले शुभकामना व्यक्त गरे । राष्ट्रियगानका रचयिता व्याकुल माइलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेर्पा कलाकारहरुले आफ्नो प्रस्तुती दिए । कार्यक्रममा देउसीबाट संकलित रकम कलाकार आपतकालिन कोष स्थापना गर्ने सचिव दावा के शेर्पाले जानकारी दिए । डिजे ङावाङ शेर्पाको अध्यक्षतामा भइरहेको कार्यक्रम ल्हामु शेर्पाले सञ्चालन गरे । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा किसान लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको थियो । 
कार्यक्रममा समाजमा ख्याती कमाएका र योगदान दिएका व्यक्तित्वहरुलाई सम्मान पत्र समेत प्रदान गरेको कोषाध्यक्ष जाङमु इनन शेर्पाले जानकारी दिए । कार्यक्रम शेर्पा पार्टी प्यालेश जोरपाटीमा आयोजना भएको थियो ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho