हामीले संविधानलाई किन स्वीकार र स्वागत गर्नु हुँदैन ?

आङकाजी शेर्पा 

२०७५ अश्विन ३, बुधबार


यो अधुरो अपुरो संविधानलाई
आदिवासी, मधेसी, शिल्पी, खसहरूले
किन स्वीकार्नु र स्वागत गर्नु हुदैन ?
(१) गणतन्त्र विरोधी संविधानः संविधानको बाहिरी खोलमा “गणतन्त्र नेपालको संविधान” भनेर लेखिएको छैन । मृत राजतन्त्रलाई पुर्न्जिवित हुने नदिन “गणतन्त्रलाई” संविधानमा अपरिवर्तनीय धाराको रूपमा नलेखिएको हुनाले यो संविधान गणतन्त्र विरोधी संविधान हो !

(३) पहिचान विरोधी संविधानः मानव सभ्यता र जातीहरूको पहिचानको आधरमा प्रदेशहरूको नाम र सिमा निर्धारण भएको छैन । राजा महेन्द्रले जस्तै नदि र हिमालको नामबाट प्रदेशहरूको नाम र सिमा निर्धारण गरेकोले यो संविधान पहिचान विरोधी छ ।

(४) धर्म्निरपेक्ष विरोधी संविधानः धर्म्निरपेक्षलाई सनातन धर्मसंग जोडेर एकल हिन्दुधर्मको बर्चश्व कÞायम गरेकोले र हिन्दु धर्मको मात्रा अनुकूल हुने गरी ऐन कानुन बनाएकोले यो संविधान धर्म्निरपेक्ष विरोधी छ ।

(५) संघीयता विरोधी संविधानः प्रदेशहरू संन्चालन गर्न चाहिने सबै अधिकार र आर्थिक स्रोतहरू दिएर र नगर र गाउँपालिकालाई प्रदेश सरकार अन्तर्गत राखेर शक्तिशाली प्रदेश सरकार बनाउनु पर्नेमा, सबै अधिकार र आर्थिक स्रोत केन्द्र सरकारसंगै राखेर साथै नगर र गाउँपालिका पनि केन्द्र सरकार मातहात राखेको हुनाले यो संविधान संघीयता विरोधी संविधान हो ।

(६) मातृभाषा विरोधी संविधानः नेपालका भाषिक विविधतालाई जीवन्त राख्न सबै मातृ भाषालाई केन्द्र, प्रदेश र स्थानीय तहको सरकारी कार्यलयहरूमा प्रयोग गर्न बन्देज गरी पर्वते भाषा र देवनागरी लिपी मात्रा प्रयोग गर्ने नीति ल्याएकोले यो संविधान मातृभाषा विरोधी संविधान हो ।

(७) समावेशी विरोधी संविधानः राज्यको सबै अंगहरूमा उत्पीडनमा परेका आदिवासी, मधेसी, मुस्लीम, शिल्पी, खस र महिलाहरूको जनसंख्यको आधारमा समानुपातिक समावेशी हुनु पर्नेमा फेरी पनि हिजो पन्चायतकालिन एकल जातिय तोरीबारीलाई निरन्तरता दिने नीति ल्याएकोले यो संविधान समावेशी विरोधी संविधान हो ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho