मिस मंगोलको ताज ‘जाङमु शेर्पालाई’
लाक्पा जी शेर्पा
२०७५ भाद्र ३०, शनिबार

काठमाडौं (शेर्पाखबर) । मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु शेर्पाले हात पारेकी छिन् । १६ जना प्रतिस्पधीलाई पछि पार्दै शेर्पाले ताज पहिरेकी हुन् । त्यस्तै, प्रथम रनरअप प्रिती गुरुङ र सेकेण्ड रनरपअ पुनम शेर्पा छनौट भइन् । टप आठमा सोधिएको प्रश्नमा उत्कृष्ट जवाफसहित जाङमुसहित पाँच जना फाइनल राउण्डका लागि छानिएका थिए । त्यस्तै, फाइनल राउण्डमा ‘तपाई व्यवस्थापिक संसदमा बोल्ने अवसर पाउनु भएमा मुलुकको बारेमा के प्रसंग उठाउनु हुन्छ ? भन्ने निर्णायकले सोधिएको प्रश्नको जवाफमा जाङमुले ‘गुणस्तरीय शिक्षाको माध्यमबाट मुलुकको समृद्धीको क्षेत्रमा अघि बढाउनुपर्ने, युवा स्वरोजगार, बढ्दो भ्रष्टाचार, कुरिती, विकृती हटाउँन मार्ग प्रशस्त गर्दै आर्थिक विकासका लागि राजनीतिक स्थायित्व जरुरी हुने र त्यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै, पर्यटन प्रबद्र्धन, स्वरोजगारीको माध्यमबाट अघि बढाउने, महिला हिंसा र लगायतका अपराधीक घटना नियन्त्रण गर्न अग्रसर हुनुपर्ने’ धारणा राख्ने जवाफ दिइन ।
मिस मंगोलको ताज पहिरिएपछि शेर्पाखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै शेर्पाले मिस मंगोल हुनु आफ्नो लागि सौभाग्यको कुरा रहेको बताइन् । ‘मैले विभिन्न व्यूटि प्याजेनहरुमा धेरै पटक भाग लिइसकेको छु । यसखाले अवसर प्राप्त गर्ने अवसर पाएँ । अब सिंगो आदिवासी मंगोल समुदायका लागि एक विशेषदूतको रुपमा मेरो भूमिका रहने छ ।’ भावि योजना बारे विज्ञासा राख्दै उनले थपिन् ‘मिस मंगोलको ताजसहित सगरमाथा आरोहण गर्ने र मंगोलियन समुदाय र सिंगो राष्ट्रको लागि विश्वमा सन्देश फैलाउन सर्वोच्च शिखरबाट सन्देश फैलाउनेछु ।’ त्यस्तै, ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य, सचेतनाको माध्यमबाट भूमिका निर्वाह गर्ने बताउँदै शेर्पाले भनिन् ‘समुदायको हितका लागि धेरै गर्नुछ । अब यस अवसरलाई सदुपयोग गर्दै मेरो क्षमतालाई प्रष्फुटान गर्नेछु ।’
मिस मंगोलका विजेतालाई थाइल्यण्ड टुर, नगद लगायत विभिन्न उपहारहरु प्राप्त गरेका छन् । त्यस्तै, फस्ट र सेकुण्ड रनरअपले पनि थाइल्यण्ड भ्रमणका साथमा आकर्षक गिफ्ट ह्याम्पसरहरु प्राप्त गरेका छन् । एक्सन इन्टरडेटमेन्टले आयोजना गरेको कार्यक्रमको यो दशौं संस्कार हो ।
प्रतियोगितामा मिस मंगोलको उपाधी ताजसहित जाङमुले मिस लिडरसीपको समेत उपाधी हात पारिन् । त्यस्तै, रक्षा थिङ तामाङले वेष्ट फोटो जेनिक, सुमि थापामगरले वेष्ट प्रसनालिटी, इरोशा थापाले वेष्ट हियरको रुपमा छानिइन भने वेष्ट स्कीन प्रियाङ्क राई, मिस ट्यालेण्ट अस्मिता बज्राचार्य, मिस पब्लिक च्वाईज समिक्षा राईले उपाधी हासिल गरेको आयोजक संस्थाका निर्देशक अशोक राई प्यासीले जानकारी दिए ।

को हुन जाङमु शेर्पा ?
सौन्दर्य प्रतियोगिताहरुको भिडमा लामो समयदेखि आयोजना रहुँदै आएको अर्को पृथक नाम हो ‘मिस मंगोल नेपाल ।’ शनिबार राजधानीमा मिस मंगोलको दशौं संस्करण सम्पन्न हुँदा ‘कन्टस्टेट नम्बर टु’ भन्दै भित्र हुटिङले गजयमान थियो । । दुई नम्बर कन्टस्टेट थिइन जाङमु शेर्पा ।
मिस मंगोल अर्थात मंगोलियन मूलकाहरुले मात्रै सहभागि हुन पाउने प्रतियोगितामा यस पटक टप १९ मा मंगोल समुदायका विभिन्न जातिका सुन्दरीहरुले सहभागि जनाएमध्ये एउटा नाम हो ‘जाङमु शेर्पा ।’ उनी आफूलाई ‘जाङमु इनन शेर्पा’ भनेर चिनाउन रुचाउँछन् ।
अनौपचारिक, औपचारिक कार्यक्रमहरुको उद्घोषणबाट समुदायमा चिनेकी शेर्पा बाल्यकालदेखि नै यस्तै विभिन्न प्रतिस्पर्धामा सहभागि भएकी छिन् । उद्घोषणसँगै कलाकारिता, मोडलिङ क्षेत्रमा पाइला अघि बढाइहेकी छिन् ।
संखुवासभा मकालू पुख्र्यौली घर भएपनि उनी यतिवेला राजधानीमै वस्छन् । राजधानी मै अध्यायन गरेकी जाङमु समुदायका हितका लागि आफू निःस्वार्थ रुपमा लागि रहेकी बताउँछन् । शेर्पा कलाकार संघका कोषाध्यक्ष समेत रहेकी शेर्पा यसैको माध्यमबाट आम कलाकारहरुको पेशागत सुरक्षा, रोयल्टी, सांस्कृतीक गतिविधि लगायतको क्षेत्रलाई पद्धतीमा ल्याउन योजना समेत बुनिरहेकी बताउँछन् ।
चर्चित नायक पल शाह, शेर्पा समुदायका चल्तीका गायक लाक्पा शेर्पा अमोद लगायतसँग म्यूजिक भिडियोमा अभिनय गरेर ख्याती कमाएका शेर्पा कार्यक्रम सञ्चालनको दौडानमा देशविदेशका मञ्चहरुमा पुग्छिन् । नृत्यमा समेत राम्रो दख्खल राख्ने जाङमुले विभिन्न सांस्कृतीक कार्यक्रममा आफूभित्रको कलालाई प्रस्तुत गरिसकेकी छन् ।
शेर्पा समुदायको भाषा, संस्कार, संस्कृती र परम्परागत मान्यताप्रति उत्तिकै सचेत रहेकी जाङमु समुदायको हित र श्रीबृद्धिका लागि आफ्नो क्षमताले भ्याएसम्म लागि पर्ने बताउँछिन् ।
