रेष्टुराँको सुपमा मरेको मुसो भेटेपछि...

बीबीसी

२०७५ भाद्र २९, शुक्रबार


एक गर्भवती महिलाले सुपमा मरेको मुसा भेटेपछि चर्चित चीनियाँ रेष्टुरेन्टले सेयर बजारमा १९ करोड डलर गुमाएको छ ।

चपस्टिक मार्फत सुपबाट मरेको मुसा निकालिएको तस्बिर अनलाइनमा भाइरल भएपछि शिआबू शिआबू नामक हटपट रेष्टुरेन्टको सेयर वर्षको सबैभन्दा तल्लो स्तरमा पुगेको छ ।

शेनडूंग प्रान्तको आउटलेटलाई अस्थाई रुपमा निलम्बित गरिएको  छ । कथित रुपमा यो रेष्टुरेन्टले महिलालाई पाँच हजार युआन (लगभग ८४ हजार रुपैयाँ) क्षतीपूर्तीको रुपमा दिने अफर गरेको थियो ।

स्थानीय समाचार एजेन्सी कंकागन न्यूजले महिलाले श्रीमानसँग कुरा गरेपछि उक्त आग्रह अस्विकार गरेको जानकारी दियो । उनले क्षतीपूर्तीको रकम निर्धारित हुनुअघि श्रीमतीको फुल बडी चेकअप हुनुपर्ने इच्छा राखेका थिए ।

गर्भवती महिला सेप्टेम्बर ६ तारिखमा आफ्नो परिवारसँग रेष्टुरेन्ट गएकी थिइन् ।

महिलाका श्रीमान् माले जब उनकी श्रीमतीको गर्भमा हुर्किरहेको बच्चाको चिन्ता व्यक्त गरे तब एक स्टाफले गर्भपतनको सल्लाह दिए र त्यसका लागि २० हजार युआनको अफर गरे ।

सोसल मिडियामा आलोचनाः

सूपमा उम्लिएको मुसाको तस्बिर चीनियाँ सोसल मिडिया वेबसाइट विबोमा फैलियो जहाँ मानिसहरुले आफ्नो रोष व्यक्त गरेका छन् ।

एक प्रयोगकर्ताले भने, ‘मलाई बान्ता आउला जस्तो भयो । म अब कहिले पनि बाहिर खादिनँ ।Þ’

११ सेप्टेम्बरमा कम्पनीको सेयर पछिल्लो वर्ष अक्टोबरपछि सबैभन्दा तल्लो स्तरमा पुग्यो । बुधबारदेखि रेष्टुरेन्टको मार्केट भ्यालु बिस्तारै पुनः उकालो लाग्न थालेको छ ।

एक अन्य प्रयोगकर्ताले लेखे, ‘शिआबू शिआबू मलाई निकै मनपर्ने रेष्टुरेन्ट हो । मलाई लाग्थ्यो कि यो निकै सफा छ । अब म यसलाई विश्वास गर्न सक्दिनँ ।’

यस्तै, अर्का प्रयोगकर्ताले सोधे, ‘यदि उनीहरुको बच्चालाई केही भएको भए त्यसको क्षतीपूर्ती कसरी दिन्थे ? के कसैको जीवन २० हजार युआनको हो ?’

बीबीसीका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho