आदिवासी जनजाति विद्यार्थीको महाधिवेशन ‘भद्रगोल’

शेर्पाखबर

२०७५ भाद्र २५, सोमबार


काठमाडौं- नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको छैठौ राष्ट्रिय महाधिवेशनको बन्दसत्र निवर्तमान अध्यक्ष डुजाङ शेर्पालाई स्पष्टिकरणको माग गर्दै अनिश्चितकालको लागि स्थागित गरिएको छ ।

महाधिवेशनको उद्घाटन भदौ २२ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरमा गृहमन्त्री रामबहादुर थापा (बादल)ले गरेका थिए ।
उद्घाटनपछि २३ गते गुरुङहरुको तमु छोज धिको कार्यालयको हल नयाँ बसपार्कमा बन्दसत्र सुरु भएको थियो ।

बन्दसत्र चलिरहेको बेला राति करिव ११ बजेपछि अध्यक्ष डुजाङ शेर्पा मोवाइल बन्द गरेर एकाएक सम्पर्कविहीन भए ।

बन्दसत्रमा संगठनको नीति तथा कार्यक्रम, सांगठनिक, आर्थिक र संशोधित विधान छलफलपछि पारित तथा पुरानो समिति बिघटन भइसकेको थियो ।

निर्वाचन प्रक्रिया अघि बढाउने बेला निवर्तमान अध्यक्ष रहस्यमय तरिकाले सम्पर्कविहीन भएपछि अध्यक्ष मण्डलले २४ गते बिहान ६ बजेसम्म हलमा पर्खिएको थियो ।
प्रतिनिधि पर्यबेक्षक बस्ने होटल व्यवस्था नभएको कारण सम्पूर्ण प्रतिनिधि पर्यवेक्षकहरु डुजाङको पर्खाइमा हलमै रात बिताएका थिए ।
बिहानसम्म अध्यक्ष डुजाङ सम्पर्कविहीन भएपछि अध्यक्ष मण्डलले स्पष्टिकरणको कारबाहीसहित उपस्थित हुन सूचना टासेर बन्दसत्र अनिश्चितकालको लागि स्थगित गरेको हो ।

डुजाङले प्रतिनिधिहरुलाई बस्ने होटलको व्यवस्था नगरेको, अध्यक्षमण्डल र पूर्व पदाधिकारीहरूसँग समेत सम्पर्कविहीन भएर गैरजिम्मेवार भएर मर्यादा विपरीत काम गरेको भन्दै चित्तबुझ्दो स्पष्टिकरणसहित अध्यक्ष मण्डलसामू आउन सूचना टासिएको हो ।

अध्यक्ष मण्डलको अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघको केन्द्रीय उपाध्यक्ष सोनाम वालुङ, सदस्यहरुमा विद्यार्थी महासंघको पूर्व अध्यक्षहरू विजयसिंह लोप्चान, नरबहादुर गुरुङ, किरात राई विद्यार्थी संघको निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई र बराम विद्यार्थी संघका पूर्व अध्यक्ष किरण बराम छन्

निवर्तमान अध्यक्ष डुजाङ शेर्पाले चित्तबुझ्दो स्पष्टिकरण ल्याएर आएपछि बन्दसत्रबारे थप परामर्श हुने सूचनामा उल्लेख छ । शेर्पा सम्पर्कमै नआए उनीबारे थप निर्णय गरेर विद्यार्थी महासंघको निकास खोजिनेछ ।

@सार्वजनिकडटकमबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho