जाङमु‘मिस मंगोल’ को टप १९ मा,

शेर्पाखबर

२०७५ भाद्र १९, मंगलबार


संखुवासभाकी जाङमु इन शेर्पा पेशाले कार्यक्रम प्रस्तोता र मोडल हुन् । दुई दर्जन बढी म्युजिक भिडियोमा काम गरिसकेकी जाङमु सुन्दरी प्रतियोगिता ‘मिस मंगोल २०१८’ का लागि टप १९ मा छनोट परेकी छन् । यस प्रतियोगिताबाट उनी आफूलाई अझ तिखार्न चाहन्छिन् ।   सानैदेखि टिभी हेर्ने नाच्ने उनमा खुब सौख थियो । ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी थिइन् । त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै आएको बताइन् । ‘मिस मंगोल’ को ताज जित्न आफूमा पर्याप्त आत्मविश्वास, क्षमता र दक्षता भए पनि उनले दर्शक, श्रोताको भोटविना माथि पुग्न असम्भव हुने भएकाले आफ्ना शुभचिन्तक तथा दर्शकलाई भोटको आह्वान पनि गरेकी छन् । शेर्पा समुदायमा प्रचलित परम्परागत व्यापार, व्यवसाय, हिमाल आरोहण र युरोप–अमेरिका जाने प्रचलन तोडेर उनी मोडलिङ क्षेत्रमा आएको बताइन् । उनी आफूलाई शेर्पा समुदायको पहिलो मोडल भन्न रुचाउँछिन् । थुप्रै आधुनिक गीतको म्युजिक भिडियोमा काम गरेर आफनो क्षमता प्रदर्शन गरिसकेकी उनी एक कुशल कार्यक्रम प्रस्तोता पनि हुन् ।  जाङमु प्रायःजसो कार्यक्रम प्रस्तोताको रुपमा नेपालभित्र बाहेक स्वीजरल्यान्ड, थाइल्यान्ड, मलेसिया तथा युरोपका विभिन्नि देशमा पुगिसकेकी छन् । ताज आफूले प्राप्त गरेमा आफनो सपना त पूरा हुन्छ नै त्योसँगै आफूले यो क्षेत्रका लागि केही गर्ने बाटो खुल्नेमा विश्वस्त रहेको उनी बताउँछिन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho