गल्फ स्टार शेर्पासँग प्रशिक्षार्थीको ‘अन्तरकृया’

मिङमार शेर्पा

२०७५ भाद्र २, शनिबार


काठमाडौं (शेर्पाखबर) । पहिलो नेपाली महिला गल्फ स्टार प्रतिमा शेर्पासँग अन्तक्र्रिया गर्न पाउने भएका छन् । शेर्पा पत्रकार संघ नेपालले आयोजना गरेको ‘उद्घोषण, भाषण, पत्रकारिता र माइन्ड टेक्नोलोजी’ सम्वन्धी तालिमको पहिलो दिन शेर्पासँग प्रशिक्षार्थीले अन्तक्र्रिया गर्न भएको हो । 
राजधानीको बौद्धमा मगलबार अर्थात भाद्र ५ गतेदेखि आयोजना हुने तालिमको पहिलो सत्रमा शेर्पाले आफ्नो बारेमा प्रशिक्षार्थीलाई अनुभव सुनाउने छिन् । सानै उमेरमा गल्फ स्टार भएर विश्वभर चर्चा पाएकी शेर्पाले आफ्नो सफलताको कथा करिब १ घण्टासम्म सहभागिलाई सुनाउने गरी कार्यक्रमतय गरिएको संघका संस्थापक अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए । 
प्रतिमा शेर्पा युवाहरुका लागि प्रेरणाको स्रोत र शेर्पा समुदायका लागि गौरव भएका बताउँदै संस्थापक अध्यक्ष शेर्पाले भने ‘उनीबाट युवाहरुले धेरै कुरा सिक्न सक्छन्, उनका सफलताको कथा र यात्रा युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सक्छ भन्ने हेतुले पहिलो दिन उनीसँगको अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएका छौं ।’
प्रतिमा अन्तर्राष्ट्रिय गल्फ खेलाडी पनि हुन् । उनी हालै अमेरिकामा गल्फ प्रशिक्षण सकेर नेपाल आएकी छिन् । केही समयपछि उनी अमेरिका नै फर्किँदै छन् । प्रतिमालाई हालै माछापुच्छ्रे बैंकले आफ्नो ब्राण्ड एम्वेसडरसमेत नियूक्ति गरेका छन् । यी सबै सफलताको खुसी युवाहरुमाझ साट्न पनि प्रतिमाले मगलबारको कार्यक्रममा प्रस्तुत हुने छिन् । उनीसँगको अन्तक्र्रियामा युवाहरुले उनका सफलताको बारेमा प्रश्नहरु सोध्न सक्नेछन् । कार्यक्रम दिउँसो १ बजबाट बौद्ध एकेडेमीमा हुनेछन् । अन्तक्र्रिया लगत्तै तालिमका अनुसारको तालिम सञ्चालन संघका सचिव कर्मा शेर्पाले जानकारी दिए । तालिममा ३० भन्दा बढीको सहभागि रहने सचिव शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho