प्रथम शेर्पा लेखिकाको नाममा पत्रकारिता पुरस्कार !

फूर्वा शेर्पा

२०७५ भाद्र १, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । लेखिका लाक्पा फुटी शेर्पाको नाममा ‘प्रथम शेर्पा लेखिका लाक्पा फुटी शेर्पा पत्रकारिता पुरस्कार’ स्थापना भएको छ । दश बर्षसम्म बर्षेनी एक जना पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई नगद राशी पाँच हजारसहित प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । 
शेर्पा पत्रकार संघ नेपालमार्फत लाक्पा फुटी शेर्पा ट्रष्टले स्थापना गरेको पुरस्कार वितरण सम्बन्धि साझेदारी पत्रमा ट्रष्टको तर्फबाट लेखिका शेर्पा र शेर्पा पत्रकार संघको तर्फबाट सचिव कर्मा शेर्पाले हस्ताक्षर गरे । पुरस्कारले शेर्पा समुदायमा पत्रकारिता र प्रेश जगतमा युवाहरुको आकर्षण र सम्मानका लागि स्थापना गरिएको संघका सचिव शेर्पाले जानकारी दिए । राजधानीमा आयोजित एक समरोहकावीच सम्झौतापत्र आदनप्रदान भएपछि शेर्पाखबरसँग प्रतिक्रिया दिँदै लेखिका शेर्पाले भने ‘प्राज्ञिक र बौद्धिक कार्य गर्ने युवाहरुको सम्मान र पत्रकारिताको माध्यमबाट समाजलाई योगदान पुर्याउनेहरुको सम्मानका लागि पत्रकारिता पुरस्कार घोषणा गरिएको हो ।’ उनले अघि थपे ‘यसबाट समुदायमा नयाँ सन्देश जाने र पत्रकारितामा लागेका युवाहरुलाई प्रेरणा र उर्जा मिल्ने विश्वाल लिएका छौं ।’
लेखिका शेर्पाको हिमालमा चालीस बर्ष र हिमालकी छोरी पुस्तक प्रकाशनमा छ । नेपाली र अंग्रेजी संस्करणमा पुस्तकहरु प्रकाशित छन् । यसअघि शेर्पा पत्रकार संघले एक विशेष कार्यक्रम आयोजना गरि शेर्पालाई ‘प्रथम शेर्पा लेखिका’ को उपाधीसहित सम्मान गरेको थियो । शेर्पा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक समेत हुन् । उनका पालामा माउन्टेरिङ डिग्री हासिल गर्न पठनपाठन समेत शुरु भएको छ । 
शेर्पाले पुरस्कारका राशि थप्दै जाने समेत प्रतिबद्धता व्यक्त गरेकी छिन् । शेर्पा पत्रकार संघले उक्त पुरस्कार यसै बर्षदेखि वितरण गर्ने संघका कोषाध्यक्ष सार्की शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 
शेर्पा पत्रकार संघले यसअघि बार्षिक रुपमा सहरा शेर्पा पत्रकारिता पुरस्कार र स्काई मेमोरियल समाजसेवी पत्रकारिता पुरस्कार जनही दश हजार राशि सहित वितरण गर्दै आएको छ ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho