शिक्षा र स्थानीय तहबारे अख्तियारमा उजुरीको चाङ !

शेर्पाखबर

२०७५ श्रावण २२, मंगलबार


बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा शिक्षा कार्यालयसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी पर्ने गरेको छ । शिक्षा पछि भने स्थानीय तहसँग सम्बन्धीत मुद्दा बढी पर्ने गरेको सो कार्यालयको तथ्यांक छ ।

गत आर्थिक वर्ष २०७४/७५ मा शिक्षासँग सम्बन्धीत तीन सय २१ मुद्दा दर्ता भएको बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ । शिक्षामा पनि सबैभन्दा बढी शिक्षक नियुक्तिमा अनियमितताका उजुरी छन् ।
गत एक वर्षमा स्थानीय तहसँग सम्बन्धीत दुई सय एक मुद्दा परेको छ । स्थानीय तहसँग सम्बन्धित मुद्दामध्ये अधिकांस उपभोक्ता समितिबाट भएका अनियमिततासँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।

अख्तियारमा आर्थिक वर्ष २०७३/७४ मा पनि शिक्षा कार्यालयसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी र दोस्रोमा स्थानीय तहसँग सम्बन्धित मुद्दा परेको सो कार्यालयको तथ्यांकमा जनाइएको छ । आर्थिक वर्ष २०७३/७४ मा शिक्षा कार्यालयसँग सम्बन्धित तीन सय ९९ र स्थानीय तहसँग सम्बन्धित एक सय ७० मुद्दा दर्ता भएका थिए ।

धेरै उजुरी रुपन्देहीको, कम गुल्मीको

गत आर्थिक वर्ष २०७४/७५ मा अघिल्लो आर्थिक वर्षका बाँकी तीन सय समेत कूल आठ सय ५७ मुद्दा दर्ता भएकामा चार सय ७२ मुद्दा फर्छ्यौट भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले बताए ।

शिक्षा र स्थानीय तहपछि भूमिसुधार मन्त्रालय अन्तर्गतका ७०, गृह मन्त्रालय अन्तर्गत ४५ र स्वास्थ्य मन्त्रालय अन्तर्गत ३९ मुद्दा दर्ता भएको आचार्यले जानकारी दिए ।

जिल्लागत रुपमा सबैभन्दा बढी मुद्दा पर्नेमा रुपन्देही र सबैभन्दा कम मुद्दा पर्नेमा गुल्मी जिल्ला छन् । अख्तियारको बुटवल कार्यालयमा परेका कूल आठ सय ५७ मध्ये सबैभन्दा बढी रुपन्देहीका तीन सय आठ र गुल्मीमा सबैभन्दा कम ४८ वटा मुद्दा मात्र दर्ता भएका छन् ।

त्यसैगरी नवलपरासीका एक सय ९७, कपिलवस्तुका एक सय ७९ अर्घाखाँचीका ७२ र पाल्पाका ५३ मुद्दा दर्ता भएको सो कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा ६ वटा स्टिङ् अप्रेशन मार्फत उपसचिव र अधिकृतसहित सात जना कर्मचारीहरुलाई पक्राउ गरी मुद्दा चलाएको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।

@अनलाईनखबरबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho