शेर्पा विद्यार्थीहरु मार्ग खोज्दै ‘अब कता जान्छौं ?’

लाक्पा जी शेर्पा

२०७५ असार १९, मंगलबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा विद्यार्थी संघले युवा विद्यार्थी लक्षित परामर्श, अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने भएको छ । साउन ५ गते शनिबार राजधानीको ज्योति पाटी प्यालेश कुमारीगाल, बौद्धमा कार्यक्रम आयोजना गर्न लागेको हो । अब हामी कता जान्छौं ? बिषयक कार्यक्रममा युवा विद्यार्थीहरुका लागि परामर्श, सचेतना अभिवृद्धि तथा वतृत्वाकला प्रतियोगिता आयोजना गरिएको महासचिव डेमा छिरिङ शेर्पाले जानकारी दिए । 
‘संघले विद्यार्थीहरुको हक, हित, क्षमता अभिवृद्धिका साथै शेर्पा समुदायको सामाजिक, आर्थिक, राजनैतिक रुपान्तरण, संस्कृति संरक्षण र समाज जागरणका लागि विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।’ महासचिव शेर्पाले भने उप्रान्त जागरणमुलक कार्यक्रम आयोजना गर्न लागेका हौं । कार्यक्रममा सहभागि हुन वतृत्वकालतर्फ १५ जनाले सहभागि हुन पाउनेछन् । उनीहरुले फारम वापत तीन सय रुपैयाँ शुल्क बुझाउनुपर्ने छ भने साधारण सहभागिताका लागि १ सय ५० शुल्क निर्धारण गरिएको छ ।
शेर्पा विद्यार्थीहरुको शैक्षिक, शारीरिक, मनासिक, व्यक्तित्व विकास, क्षमता अभिवृद्धिका कार्यक्रमहरुलाई प्रथामिकता दिई सञ्चालन गर्न लागेको अध्यक्ष साङ्गे मिङमा शेर्पाले जानकारी दिए 
विभिन्न प्रखर वक्ता तथा प्रशिक्षकहरुबाट प्रशिक्षित भई आम विद्यार्थीहरुमा विषयगत ज्ञानको विकास, क्षमता अभिवृद्धि, समुदायको बारेमा जानकारी हुने र समयसापेक्ष आफूलाई परिमार्जन गर्दै अघि बढाउन टेवा पुग्ने विश्वास आयोजकले विश्वास लिएको छ । कार्यक्रमले समुदायमा शैक्षिक दृष्टिले अब्बल जनशक्ति निर्माण भई समृद्ध राष्ट्र निर्माणमा समेत टेवा पुग्ने अध्यक्ष शेर्पाले दाबी गरे । 
उद्देश्यः
आयोजना हुने कार्यक्रमको उद्देश्य देहाय बमोजिम रहेको छ । 
क) आधुनिक समाज निर्माणमा विद्यार्थीहरुको भूमिकाबारे जानकारी दिने । 
ख) भविष्य निर्माण सम्बन्धि प्रेरणा र परामर्श प्रदार्न गर्ने । 
ग) समयानुकुल आफूलाई बद्ल्न सक्ने सिकाई हासिल गर्न । 
घ) उच्च शिक्षा हासिल गर्न, विषय छनौटमा सहयोग पुर्याउने । 
सहभागिहरुले असार ३० गते बेलुकी ५ बजेसम्म संघको कार्यालयमा सम्पर्क गरी फारम भर्न सकिने छ । 

सहभागिले यही फारम भरेर पनि कार्यक्रममा सहभागि हुन पाउनु हुनेछ । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho