बौद्ध गुरु रिन्पोछेले ‘चुपचाप भूकम्प पीडितलाई ५५ घर बनाएर हस्तान्तरण’

शेर्पाखबर

२०७५ जेष्ठ २३, बुधबार


२०७२ सालको महाभूकम्पले ध्वस्त भएको गाउँहरु मध्ये एक गाउँ हो नुवाकोट ओखरपौवा स्थिति कुले गाउँ पनि । धेरै गाउँहरु गाउँ रहेनन जहाँ स्वर्गको सरी अनुभूति गर्न पाइन्थ्यो । धेरै समाज समाज रहेन जहाँ हरेक सुख र दुःखको वहस हुन्थ्यो । चेलीहरु माइती भेटन गाउँ आउदा गाउँ नै विरानो बनेर बढारियो ।
धेरैको खुसी खोसिए , समाजको संरचनाहरु हराए , कोही पृुरिए , पुरिनबाट बाँचेकाहरु भाग्यमानी ठानिए । महाविनाशकारी भूकम्पले कोरेको यही दुखदर्दबीच अब गाउँहरु उठन थालेका छन् । समाज फेरि संगठित हुन थालेको छ । खोसिएको खुसीहरु फर्काउने प्रयत्नहरुको मेसोमा मिसिएको छ – नुवाकोटको ओखरपौवा स्थिति कुले गाउँ पनि ।

महाभूकम्प पछिको तिन बर्ष पुरा भयो तर पनि भूकम्प पिडितहरु अझै सम्म उस्तै नाजुक स्थितिमा छन् । भूकम्प पिडितलाई भत्किएको संरचना लगायत पुनर निर्माणको लागि राष्ट्रिय पुनर निर्माण प्राधिकरण जस्तो सरकारी संस्था पनि छ तर घृणित राजनैतिक खेलले यो संस्थाले केहि गर्न नसकेको तथ्य सबैको सामु छर्लङ्ग छ । भूकम्पपिडितलाई बरु व्यक्तिगत पहल अनि केहि सामाजिक संघसंस्थाहरुले सकेको सहयोग गर्दै आएको बिदिदै छ । कतै हाँस्य कलाकार धुर्मुस-सन्तुलिले सकेको सहयोग गर्दै आएका छन् त कतै दिनेश तामाङ जस्ता अभियन्ताको नेतृत्वमा नमुना वस्ती बनेका छन् ।
त्यही महाभूकम्पको शिकार भएको कुले गाउँको मुहार अहिले फेरिएको छ । भूकम्पले ध्वस्त भएको ५५ वटै घरको पुनरनिर्माण सकेर उक्त घरहरु हस्तान्तरण पनि भैसकेको छ । तर यस्तो महान र उदाहरणीय कामको कतै हो हल्ला भएको छैन । यो महान र उदाहरणीयको नेतृत्व गरेका छन् विख्यात बौद्ध धर्म गुरु जिग्मे रिम्पोचेले ।
महाभूकम्पको विनाशले निम्त्याएको मानविय संकटमा गुरु जिग्मे रिम्पोचेले देखाएका महान मानवताको जति नै प्रसंसा गरे पनि कम हुन्छ । महाभूकम्प पछि कुले गाउँको पुनर निर्माणको लागि गुरु रिम्पोचेले ”मेरो गाउँ” अभियान संचालन गरेका थिए जसमा प्राप्त भएको सहयोगले नुवाकोट ओखरपौवा स्थिति कुले गाउँको पुनर निर्माण सम्भव भएको हो ।
दु:ख र बिपतिले मान्छेलाई धर्म, जात , राजनीति भन्दा माथि उठेर दुख र बिपतीको समयमा सहयोग गर्नको लागि एक हुन् बाध्य पार्ने भनाई राख्दै गुरु रिम्पोचेले कुले गाउँमा ५५ घर निर्माणमा सहयोग गर्ने सबैमा हार्दिक धन्यबाद दिदै खुशी ब्यक्त गरेका छन् ।
जब महाभुकम्पले कुले गाउलाइ पुरै ध्वस्त बनाएको थियो, त्यस बेला कसले सोच्न सक्थ्यो यो कुनै दिन यस्तो स्वरुपमा फर्किएला जस्तो यी तस्वीरहरुमा देखिएको छ । विख्यात बौद्ध धर्म गुरु जिग्मे रिम्पोचेको अग्रसरतामा , उनका शिष्यहरु र स्थानियको सहयोगमा यो संभव भएको छ । यो गाउँले नयाँ जिवन पाएको छ।

@swadeshnepa

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho