पेट्रोलियम पदार्थ मूल्य बृद्धिको राप्रपाद्धारा विरोध

फूर्वा शेर्पा

२०७५ बैशाख २०, विहिबार


काठमाडौं (शेर्पाखबर) । सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थ गरेको मूल्य बृद्धिको राप्रपा (प्रजातान्त्रिक) ले विरोध गरेको छ । विज्ञप्ति नै जारी गरेर राप्रपा (प्रजातान्त्रिक)ले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो । 
प्रवक्ता राजेन्द्र गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘मूल्य समायोजनको नाममा सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरी सर्वसाधारण जनतालाई मूल्यवृद्धिको भार बोक्न वाध्य बनाएकोमा निर्णयको भत्र्सना गर्दछ ।’ सरकारको निर्णय जनताको ढाड शेख्ने खाले भएकाले तत्काल निर्णय फिर्ता लिनुपर्ने उक्त पार्टीले माग गरेको छ । 
सरकारले भारतीय आयल निगम आइओसीको मूल्य सूची अनुसार भन्दै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो ।
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho