मनास्लु आधारशिविरमा कयौं ‘टेण्ट’ पुरियो

लाक्पा जी शेर्पा

२०७९ अश्विन २०, विहिबार


काठमाडौं (शेर्पाखबर) । गोरखाको मनास्लु हिमालको आधारशिविरमा अस्थायी वसोवासका लागि बनाइएका ‘टेण्ट’ पुरिएका छन् । लगातारको हिमपातले आधारशिविरमा रहेका कयौं ‘टेण्ट’ पुरिएको हो । 
‘टेण्ट’ पुरिएपछि आरोहण दलका सदस्यहरु समागाउँ झरेका छन् । आरोहणको तयारीमा रहेका टोलीहरु एकाएक मौसम परिवर्तनसँगै निरन्तर हिमपात हुन थालेपछि कार्यक्रम स्थगित गरेर फर्किनु  परेको आरोहण दलका एक सदस्य जिवन तामांगले जानकारी दिए । 
 

आफूहरु रातारात सामागाउँ झरेर बसिरहेको र आफूहरुको ‘टेण्ट’ पुरिएको तामांगको भनाइ छ । मुस्किलले ज्यान जोगाएर सुरक्षित ठाउँमा आउन सफल भएको तामांगले बताए । केही दिनअघि आएको हिमपहिरोले आरोहण दलका केही सदस्यले ज्यान समेत गुमाउनु परेको थियो । 
‘टेण्ट’ सँगै खानेकुरा, ग्याँस, भाडाकुडाहरु पुरिएका छन् । सामानहरु छोडेर उनीहरु ज्यान जोगाउन तल झरेका हुन् । सामागाउँमा समेत हिमपात भइरहेको जनाइएको छ । 
आधारशिविरमा सेभेन समिट, डोल्मा टे्क्स, एडके पायोनियर कम्पनीबाट गएका आरोहण दलका सदस्यहरु थिए । मौसम सुधार हुने आशामा बसेका आरोहण दलका सदस्यहरु मौसम झन खराब भएपछि आधारशिविर छोडेर आरोहण कार्यक्रम नै स्थगित गरेर फर्किन वाध्य भएका छन् । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Chatyang

Chatyang

Chatyang

Chatyang