श्याब्रु प्रशिक्षण जारी

लाक्पा जी शेर्पा

२०७९ अश्विन १९, बुधबार


ओखलढुंगा (शेर्पाखबर) । सबैतिर दशैको चहलपहल, विद्यालय, सरकारी कार्यालय, वैक तथा वित्तीय संस्थाहरु समेत वन्द हुँदा सिद्धिचरण नगरपालिका ५ डुम्रेका शेर्पा समुदायलाई भने यसको कुनै प्रवाह छैन । यहाँका ६० भन्दा बढी युवाहरु दैनिक रुपमा यहाँ श्याब्रु सिक्नमै व्यवस्था छन् । 
दशैको विदालाई सदुपयोग गर्ने उद्देश्यले आयोजना गरिएको श्याब्रु नृत्य प्रशिक्षणको आयोजना भने नेपाल शेर्पा संघले गरेको छ । श्याब्रु शेर्पा जातिको मौलिक सांस्कृतिक नाच हो । सदरमुकाम नजिकै भैरहेको प्रशिक्षणमा सिद्धिचरण नगरपालिका ५ बर्नालु, वडा नं. ४, वडा नं. ७ विगुटार, वडा नं. ११ रमाइलोडाँडाका शेर्पा युवाहरुको सहभागिता रहेको प्रशिक्षक दाफुटी शेर्पाले जानकारी दिए । 
सदरमुकाममा हिन्दुधर्ममार्गीहरु दशैमा रमाउँदै गर्दा बौद्धमार्गीहरु भने आफ्नै मौलिक नृत्य सिक्नमा व्यस्त रहेको तालिम संयोजक निमा शेर्पाको भनाइ छ । एक महिनासम्म सञ्चालन हुने तालिम दैनिक दुई चरणमा चलिरहेको छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Chatyang

Chatyang

Chatyang

Chatyang