मनास्लुमा एक शेर्पाको ज्यान गयो

शेर्पाखबर

२०७९ अश्विन १७, सोमबार


काठमाडौं (शेर्पाखबर) । मनास्लु हिमालको आधार शिविरमा पुनः हिमपहिरा जाँदा  एकजना शेर्पाको ज्यान गएको छ । दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको ज्यान गएको हो । 
हिमपहिरामा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जनाए । पहिरामा परेका शेर्पा भने सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटना लगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको खनालको भनाइ छ । 
सिम्रिक एयरको हेलिकप्टरमार्फत शबलाई आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाई शव परीक्षणका लागि काठमाडौंको टिचिङ अस्पताल पठाइएको प्रहरीको भनाइ छ । मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गोरखा प्रहरीले जनाएको छ । आइतबार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरो गएको थियो । 
मनास्लुमा सोमबार पनि तेस्रो आधार शिविरमा हिमपहिरो गएको थियो । उक्त हिमपहिरामा परी दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए  हिमपहिरो आएको श्रव्यदृश्य सामाजिक सञ्जालमा छाएको देख्न सकिन्छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Chatyang

Chatyang

Chatyang

Chatyang