दशैमा हत्या हुने प्राणीको आत्माशान्तिका लागि पूजा

शेर्पाखबर

२०७९ अश्विन १७, सोमबार


काठमाडौं (शेर्पाखबर) । हिन्दुहरुको दशैको महाअष्टमीमा हुने पशुपंक्षिको हत्याको दिनमा बौद्धमार्गीहरुले भने शान्ति पूजा आयोजना गरेको छ । दशैमा बलि दिइने हजारौं पशुपंक्षीको आत्माको चिरशान्तिको कामनासहित गुम्बाहरुमा पूजाआजा शुरु भएको हो । सिन्धुपाल्चोक शेर्पा समाज सेवा, काठमाडौंले हिन्दुहरुको दशैमा शक्तिपिठहरुमा हजारौं निर्दोष पशुपपंक्षीको बली दिने भएकाले आत्माको शान्तिको लागि भन्दै बार्षिक रुपमा माणिजप पूजा आयोजना गरेको आयोजक फुर्पी शेर्पाले जानकारी दिए । त्यस्तै, विभिन्न गुम्बाका लामा गुरुहरुले दशैमा बलि दिन ल्याइएका च्यांग्राहरुलाई खरीद गरी जंगलमा छाड्ने समेत गरेका छन् । यसबर्षपनि सिन्धुपाल्चोकको विभिन्न क्षेत्रमा सयौं पशुहरु छाडिएको जनाएका छन् ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Chatyang

Chatyang

Chatyang

Chatyang