फुटी शेर्पालाई हावाले बोलाएपछि...

लाक्पा जी शेर्पा

२०७९ अश्विन ८, शनिबार


काठमाडौं (शेर्पाखबर) । इलाममा जन्मिएकी फुटी शेर्पा बाैद्धतिर बस्छिन् । यतिवेला उनीलाई सुस्तारी हावाले बोलाएकी छिन् । यससँगै उनीको सर्वत्र चर्चा छ । 
पूर्व पहाडमा जन्मिएकी शेर्पाको काठमाडौंमा वसोवास छ । यतै उनी लेखा व्यवस्थापन सम्वन्धि प्रतिष्ठित कम्पनीमा जागिर गर्छिन् । 

शेर्पा संस्कृति, संस्कारमा विशेष चासो राख्ने शेर्पाको संगीतमा रुची छ । आफै हरमोनियम बजाउँछिन् । टुंनाको धुन मिलाउँछिन् । संगीतमा साधना गर्छिन । बौद्ध धर्ममा खास चसो राख्छिन् । गुम्बा धाउँछिन् । आनी छोइङडोल्माको गाथा गाउँछिन् । 
गीतसंगीत, कलासाहित्यमा रुचि भएकी शेर्पाले भरखरै एउटा गीतमा स्वर भरेकी छन् । त्यही ‘सुस्तारी हावाले बोलायो मलाई ।’ मायाप्रेम, वाचाकसम, जुनिकाट्ने कुरामा यसमा भेटिन्छ ।
 

म्युजिक म्यालोडी सेभेन युट्युव च्यानलमार्फत सार्वजनिक भएको शेर्पाको पहिलो कोसेलीको शब्द शान्त कुमारी न्यौपाने, संगीत शिव शाहीको रहेका छन् । शेर्पा समुदायका पहिलो सहसचिव डाक्टर मिङमार शेर्पाले शेर्पाको कोसेलीको पोको फुकाए ।

राजधानीको पासाङल्हमु शेर्पा मेमोरियल फाउन्डेशनमा आयोजना गरेको सार्वजनिकीकरण कार्यक्रममा संगीत क्षेत्रका दीर्घज व्यक्तित्वहरु सहभागि थिए । 
हिमालयन शेर्पा सांस्कृतिक केन्द्र, शेर्पा विद्यार्थी संघ लगायत थुप्रै संघसंस्थामा आबद्ध रहेकी शेर्पा अध्यायन कर्मामा व्यस्त छन् । शेर्पाको पहिलो पाइलाको सफलताको शुभकामना...। 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Chatyang

Chatyang

Chatyang

Chatyang