ओखलढुंगामा शेर्पाको सांस्कृतिक नृत्य तालिम

२०७९ भाद्र २९, बुधबार


काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले शेर्पा जातिको भाषा, कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले एक महिने श्याब्रु नृत्य प्रशिक्षण आयोजना गर्ने भएको छ । ओखलढुंगा सदरमुकामस्थित सिद्धिचरण नगरपालिका ११ रमाइलो डांडामा  प्रशिक्षण सञ्चालन गर्न लागेको हो । 
शेर्पा जातिको संस्कार, संस्कृतिको संरक्षण र पहिचानका लागि तालिम आयोजना गर्न लागेको अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिए । पछिल्लो समय युवा पुस्ताले आफ्नो कला संस्कृतीलाई विर्सिँदै गएका पाइएकाले सदरमुकामा  श्याब्रु प्रशिक्षण आयोजना गर्न लागेको संघले जनाएको छ । स्याब्रु तालिममा सदरमुकाम आसपास विगुटार, वर्नालु, रुम्जाटार लगायत क्षेत्रका शेर्पा समुदायलाई लक्षित गरी प्रशिक्षण आयोजना गर्न लागेको हो । गाउँ गाउँमा तालिम सञ्चालन विभिन्न संस्थाहरुले गर्दै आएपनि सदरमुकाममा भने अहिलेसम्म प्रशिक्षण हुन नसकेको उपाध्यक्ष दावा जाङबु शेर्पाको भनाइ छ । 
तालिममा शेर्पा युवाहरुको सहभागिताले भाषाको संरक्षण तथा सम्बद्र्धन कार्यमा थप टेवा पुग्ने विश्वास लिइएको छ । असोज ९ बाट प्रशिक्षण सुचारु गर्ने तयारी गरिउको छ । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रका प्रशिक्षकले सहजिकरण गर्ने गरी आयोजना हुने प्रशिक्षणमा सहभागिहरुले निःशुल्क भाग लिन पाउनेछन् । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho