रामेछाप किदुगद्धारा सहयोग हस्तान्तरण

शेर्पाखबर

२०७९ भाद्र २७, सोमबार


ओखलढुंगा (शेर्पाखबर) । ३२ बर्षदेखि मानसिक विरामी एक जनाको उपचारका लागि रामेछाप शेर्पा किदुकले आर्थिक सहयोग गरेको छ । रामेछापको उमाकुण्ड–२ बाम्ती भण्डार सिमका  ५४ बर्षीया जाङमु शेर्पाको उपचारका लागि किदुकले सहयोग गरेको हो । 
देश, विदेश र किदुककै सदस्यहरुबाट संकलित २ लाख ४७ हजार ९ सय ५३ रुपैयाँ विरामीका श्रीमान  छिरी लामा (शेर्पा) लाई हस्तान्तरण गरेको किदुक अध्यक्ष लाक्पा तेन्जी शेर्पाले जानकारी दिए । छिरी किदुकका आजिबन सदस्य समेत हुन् । 
लामो समय स्वास्थ्योपचार गर्दा आर्थिक अभाव भएको, ३ जना बालबच्चाहरुको शिक्षादिक्षा लगायतमा समस्या भएको भन्दै पीडितले सहयोगको याचना गर्दै किदुकलाई गुहारेका थिए । रकम हस्तान्तरण गरेसँगै सहयोग संकलन अभियान समेत वन्द गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Chatyang

Chatyang

Chatyang

Chatyang