जन्मभूमि चिनाउने प्रजिअ तामाङको गीत सार्वजनिक

शेर्पाखबर

२०७९ भाद्र २६, आईतबार


काठमाडौँ (शेर्पाखबर)– ओखलढुुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको शब्द रहेको ‘पूर्वै पाँचथर’ गीत सार्वजनिक भएको छ । चर्चित गायक राजेश पायल राईले स्वरमा सजिएको गीत ‘दिल्स् क्रियशन’मार्फत् सार्वजनिक गरिएको हो । 
पूर्वेली लोकलयमा आधारित गीतको संगीतकार तारावीर पाण्डे छन् । संगीत संयोजन आदेश गुुर्माछानेले गरेका हुन् ।  गीतको जस्केला क्रियशनले लिरिकल भिडियो समेत तयार गरेको छ । भिडियोले पाँचथरको सचित्र वयान गरेको छ । प्रमुख जिल्ला अधिकारी तामाङको घर पनि पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर–२ इम्बुुङ हो ।
जन्म जिल्ला पाँचथरको प्राकृतिक, सांस्कृतिक लगायत अमूूल्य निधिहरूको उजागर गीत–सङ्गीतमार्फत् गरी जिल्लाको पहिचान र गरिमालाई उँचो बनाउने जमर्को साथ गीतको शब्द सिर्जना गरेको तामाङको कथन छ । गीतले जिल्लाको पर्यटन प्रबद्र्धनमा योगदान पु¥याउने सम्बद्ध पक्षको दाबी छ ।
लिरिकल भिडियोमा मध्यपहाडमा नमूूना शहरको रूपमा विकासोन्मुख फिदिम, पाँचथर–इलाम सीमा क्षेत्रको लेकाली बजार राँके, १६औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महागुरु फाल्गुनन्द लिङदेनको समाधीस्थल सिलौटी, धार्मिक महत्वको जोरपोखरी, पर्यटकीय गन्तव्य साधुुटार, किरात धर्मावलम्बीहरूको तीर्थस्थल यासोकको त्रिशालीलगायत समावेश छन् ।
केलाङ, धान नाचजस्ता लिम्बू जातिको संस्कृतिलाई उठान गर्दै गीतकार तामाङले सांस्कृतिक पर्यटनलाई बढवा दिन खोजेका छन् ।
जिल्लाको खाद्यन्न तथा नगदे बाली बढी उत्पादन क्षेत्रबारे पनि थाहा दिने उनको प्रयास भिडियोमा छ । लिरिकल भिडियोमा समावेश तस्वीरहरू मानवशास्त्री तथा अनुसन्धानकर्ता दिलविक्रम आङ्देम्बे र पत्रकार गिरिराज बास्कोटाको रहेको देशसञ्चारमा उल्लेख छ । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho